१२ सत्ताईस फिल्मको ट्रेलर रिलिज, पैसाको लागि दौडिने युवाको कथा पर्दामा (भिडियो)


Filmy Kura, Nov 13, 2019 at 6:43 pm


नेपाली कथानक चलचित्र ‘१२ सत्ताईस’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्म निर्माण यूनिटले झण्डै ३ मिनेटको प्रचार सामाग्री सार्वजनिक गरेको हो ।

पैसाको लागि संघर्ष गर्ने युवाहरुको कथा पर्दामा उतारिएको छ । नयाँ कलाकारको बाहुल्यता रहेको यस फिल्मलाई जोन योञ्जनले लेखन तथा निर्देशन गरेका हुन् । ह्याप्पी प्लानेट फिल्मस्को सहकार्यमा कमेरो फिल्म स्क्रिन प्रस्तुत ‘१२ सत्ताईस’ मा रेणु राना, दिपक खतिवडा र रुपक थापाको लगानी रहेको छ । चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजीराना, अश्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

अनिष स्याङ्देनको छायांकनमा तयार यस चलचित्रलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । फिल्ममा दीपक आर.जे.को संगीत, विक्रम स्वारको कोरियोग्राफी तथा गिरिश खतिवडा र दीपकको गायन रहेको छ । यो चलचित्र आगामी मंसिर २७ गते सार्वजनिक प्रदर्शनमा आउदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अन्जु र पुरुषोत्तमको स्वरमा सेल्फी किङ्गको जाली रुमाल गीत सार्वजनिक (भिडियो)
कलाकार गजित विष्ट बने रावण, २ वर्षको तयारी पछि यस्तो बन्यो गीत (भिडियो)
कस्तो चल्यो त फिल्म माया पिरिम ?
कमेडी र लभस्टोरीको समिश्रण रहेको फिल्म माया पिरिमको ट्रेलर रिलिज (भिडियो)