सेल्फी किङको फस्टलुक सार्वजनिक, विपिनको गाजले अवतार


Filmy Kura, Nov 19, 2019 at 10:36 am


चलचित्र ‘सेल्फी किङ’ को फस्टलुक सार्वजनिक भएको छ । प्रायजसो हरेक फिल्ममा भिन्न अवतारमा देखिने अभिनेता विपिन कार्की यस चलचित्रको फस्टलुकमा भने गाजले अवतारमा देखिएका छन् । फस्टलुकसँगै निर्माण यूनिटले चलचित्रको रिलिज मिति समेत तय गरेको छ । आगामी माघ २४ लाई प्रदर्शन मिति तय गरिएको यस फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् ।

सुवास थापा र दिनेश राउतको संयुक्त निर्माण रहेको ‘सेल्फी किङ’ मा विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिले खिचेको यस फिल्मलाई जीवन थापाले सम्पादन गरेका छन् । चलचित्रको गीतमा सुवास भुषाले संगीत भरेका छन् भने निर्मल लामाको नृत्य निर्देशन हेर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अन्जु र पुरुषोत्तमको स्वरमा सेल्फी किङ्गको जाली रुमाल गीत सार्वजनिक (भिडियो)
कलाकार गजित विष्ट बने रावण, २ वर्षको तयारी पछि यस्तो बन्यो गीत (भिडियो)
कस्तो चल्यो त फिल्म माया पिरिम ?
कमेडी र लभस्टोरीको समिश्रण रहेको फिल्म माया पिरिमको ट्रेलर रिलिज (भिडियो)