दि कर्मा माघ १७ मा प्रदर्शन हुने


Filmy Kura, Nov 19, 2019 at 10:52 am


‘दि कर्मा’ फिल्मको नयाँ पोस्टरसँगै रिलिज मिति सार्वजनिक गरिएको छ । निर्माण यूनिटले आगामी माघ १७ लाई फिल्मको रिलिज डेट लिएको छ भने नयाँ पोस्टरमा चार प्रमुख कलाकारलाई अटाइएको छ ।

देव कुमार श्रेष्ठ निर्देशित यस फिल्ममा नीता ढुंगाना, करण बर्मा, परमिता आर.एल राणा र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटना क्रमलाई पर्दामा उतारिएको यस फिल्मलाई जय राज राय, श्रीदेव बि.एल र निशा खतिवडाले संयुक्त रुपमा निर्माण गरेका हुन् । सार्वजनिक पोस्टरमा भारतीय मोडल तथा कलाकार करण बर्मा सिक्स प्याक बडीको साथमा देखिएका छन् । सुशील पोखरेलको पटकथा तथा संवाद रहेको फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अन्जु र पुरुषोत्तमको स्वरमा सेल्फी किङ्गको जाली रुमाल गीत सार्वजनिक (भिडियो)
कलाकार गजित विष्ट बने रावण, २ वर्षको तयारी पछि यस्तो बन्यो गीत (भिडियो)
कस्तो चल्यो त फिल्म माया पिरिम ?
कमेडी र लभस्टोरीको समिश्रण रहेको फिल्म माया पिरिमको ट्रेलर रिलिज (भिडियो)