माया पिरिममा सलोन र अन्जलीको ठुम्का, दर्शकले रुचाउदै गीत (भिडियो)


Filmy Kura, Nov 20, 2019 at 6:34 pm


चलचित्र ‘माया पिरिम’ को हालै सार्वजनिक गीतमा कलाकार सलोन बस्नेतले मोडल अन्जली अधिकारीसँग ठुम्का मारेका छन् । एक साता पहिले ओ.एस.आर डिटिजल युट्युव मार्फत सार्वजनिक ‘फोटो खिचेर’ बोलको गीतलाई दर्शकले रुचाएका छन् ।

लेखु सहयात्री र विन्दु परियारको युगल गायन रहेको गीतमा कोशिस क्षेत्रीको संगीत तथा स्वयम गायक सहयात्रीको शब्द रचना रहेको छ । शिशिर खातीको कोरियोग्राफी रहेको लोक फ्लेवरको गीतलाई एक हप्तामा ६ लाख ७५ हजार पटक हेरिएको छ । बी.हाइभ फिल्मस् र एस.ए फिल्मस् इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति चलचित्र ‘माया पिरिम’ लाई युवा निर्देशक टेक पौरखी राईले निर्देशन गरेका हुन् । यस अघि ‘मट्टिमाला’ निर्देशन गरेका राईले ‘माया पिरिम’ कमेडी लभस्टोरी जनराको पारिवारिक फिल्म भएको फिल्मीकुरालाई जानकारी दिए ।


काठमाण्डौं र कुलेखानीमा ४५ दिन लगाएर छायांकन गरिएको फिल्म यहि मंसिर २० गते देशभरका सिनेमा घरमा एकसाथ प्रदर्शन हुँदैछ । सविन अधिकारी र प्रविन थापाको संयुक्त लगानीमा निर्माण भएको ‘माया पिरिम’ मा सलोन बस्नेत, अन्जली अधिकारी, कोशिस क्षेत्री, किरण चन्द, अनुपम भण्डारी, कालु राना, जयनन्द लामा, विशाल पहाडी, अरुणा कार्की, अर्जुन गुरुङ, रमण राई लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मका निर्माता सविनले नै यो फिल्मको पटकथा तथा संवाद लेखेका हुन् । उमेरले २६ वर्ष मात्र पुगेका अधिकारीले जापानको ४ वर्ष बसाई पछि नेपाल आएर यो फिल्म निर्माण गरेका हुन् ।

चलचित्रमा निरज कँडेलको छायांकन, श्री श्रेष्ठको द्धन्द तथा नकुल खड्काको सम्पादन रहेको छ । चलचित्रलाई भ्यालीमा रिच इन्टरटेन्मेन्ट तथा मोफसलमा एफ.डी कम्पनीले वितरण गर्दैछ । फिल्मको प्रचार सामाग्री ट्रेलर केही दिनमा सार्वजनिक गरिने निर्माण यूनिटले जनाएको छ ।

हेर्नुस् यस्तो बनेको छ गीत


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अन्जु र पुरुषोत्तमको स्वरमा सेल्फी किङ्गको जाली रुमाल गीत सार्वजनिक (भिडियो)
कलाकार गजित विष्ट बने रावण, २ वर्षको तयारी पछि यस्तो बन्यो गीत (भिडियो)
कस्तो चल्यो त फिल्म माया पिरिम ?
कमेडी र लभस्टोरीको समिश्रण रहेको फिल्म माया पिरिमको ट्रेलर रिलिज (भिडियो)