मन परेसी पर्‍यो पर्‍योमा पूजा–आकाश अनुबन्ध, प्रेमगीत ३ सँगै प्रदर्शन हुने


Filmy Kura, Nov 20, 2019 at 7:14 pm

अचेल मेकरहरुले फिल्म निर्माण गर्न नपाई रिलिज डेट घोषणा गर्न तछाड मछाड गर्ने गरेका छन् । निर्माता रघु परियारले बुधबार ‘मन परेसी पर्‍यो पर्‍यो’ फिल्मको लागि आकाश श्रेष्ठ र पूजा शर्मालाई अनुबन्ध गरेका छन् । केही फिल्ममा एकसाथ काम गरेका पूजा-आकाशलाई दर्शकले रिल जोडीको रुपमा रुचाएका छन् ।

बक्स अफिसमा निकै कमजोर सावित ‘जय शम्भु’ फेम्ड निर्देशक रुपेश थिङले ‘मन परेसी पर्‍यो पर्‍यो’ फिल्मको निर्देशन गर्दैछन् । पूजा-आकाशको अलवा फिल्ममा बुद्धि तामाङ, किरण श्रेष्ठ, कालु राना लगायतका कलाकारको अभिनय रहने निर्माण कम्पनी फोर्थ आइज मुभिज र डिविआर मिडियाले जनाएको छ । पौषको अन्तिम साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मले रिलिज डेट भने आगामी चैत २८ लाई तोकेको छ । यो मितिमा प्रदीप खड्का अभिनित चलचित्र ‘प्रेमगीत ३’ रिलिज हुँदैछ । जून फिल्मको छायांकन यतिबेला धमाधम भइरहेको छ । ‘प्रेमगीत’ मा पूजा र प्रदीपको जोडीलाई दर्शकले निकै रुचाएका थिए । तर यो फिल्मको निर्देशक च्याप्दै पूजाले आशुसेन व्यानर त्यागिन् भने प्रदीप यो व्यानरमा पुन: दोहोरिए । यहि मितिमा पूजा र प्रदीपको अलग फिल्म लाग्ने भएपछि कतिपयले यसलाई अस्तित्वको लडाइका रुपमा हेरेका छन् । दुवै कलाकार दर्शकले  प्रेमपूर्वक रुचाएका कलाकारमा पर्छन् ।

प्रेमकथामा आधारित ‘मन परेसी पर्‍यो पर्‍यो ’ मा अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने र श्रीकृष्ण बर्देवाले संगीत दिनेछन् । रविन शाहको नृत्य निर्देशन रहने फिल्मको छायांकन चितवन र कालिञ्चोकमा गरिने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अन्जु र पुरुषोत्तमको स्वरमा सेल्फी किङ्गको जाली रुमाल गीत सार्वजनिक (भिडियो)
कलाकार गजित विष्ट बने रावण, २ वर्षको तयारी पछि यस्तो बन्यो गीत (भिडियो)
कस्तो चल्यो त फिल्म माया पिरिम ?
कमेडी र लभस्टोरीको समिश्रण रहेको फिल्म माया पिरिमको ट्रेलर रिलिज (भिडियो)