कमेडी र लभस्टोरीको समिश्रण रहेको फिल्म माया पिरिमको ट्रेलर रिलिज (भिडियो)


Filmy Kura, Nov 22, 2019 at 6:42 pm


‘केटी मान्छेको चक्कर र ट्रिपरको ठक्कर यि दुईटा चिजबाट बच्न साह्रै गाह्रो’ यो संवाद हो चलचित्र ‘माया पिरिम’ को । शुक्रबार काठमाडौंको क्यूज सिनेमा हलमा पत्रकार भेटघाट गर्दैै फिल्म निर्माण यूनिटले प्रचार सामाग्री स्वरुप ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको छ । बी.हाइभ फिल्मस् र एस.ए फिल्मस् इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको कमेडी लभस्टोरी जनराको फिल्म ‘माया पिरिम’ को सार्वजनिक ट्रेलरमा यस्तै रमाइला संवाद राखिएका छन् ।

उमेरले २६ वर्ष मात्र पुगेका सविन अधिकारीको लेखन तथा निर्माण रहेको चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै निर्देशक राईले भने, ‘यस अघि मट्टिमाला फिल्म निर्देशनबाट बटुलेको अनुभव र गल्तीबाट पाठ सिक्दै प्याकेजपूर्ण माया पिरिम ल्याएको छु । दुई घण्टा फिल्म हेरुन्जेल मनोरञ्जन पाउनुहुनेछ ।’ यता लेखक तथा निर्माता सविनले फिल्म क्षेत्रमा आफू नयाँ रहेको र सिक्दै अगाडि बढ्ने भनाइ राखे । उनीसँगै प्रविन थापाको फिल्ममा लगानी रहेको छ । चलचित्रमा कोशिस क्षेत्री, किरण चन्द, कालु राना, अर्जुन गुरुङ, अनुपमा भण्डारी, सदिक्षा महर्जन, जयनन्द लामा, अरुणा कार्की, रमण राई, सागर बस्नेत आदि कलाकारले अभिनय गरेका छन् । संगीतकार समेत रहेका कोशिसले फिल्ममा क्यारेक्टर चित्त बुझेर नै आबद्ध भएको बताए । यस अघि अभिनय गरेका केही फिल्मले व्यवसायिक असफलता पाएपनि ‘माया पिरिम’ दर्शकलाई मनपर्नेमा उनी आशावादी देखिए । यता यसै फिल्मबाट नायिकाको रुपमा डेब्यु गरेकी किरणले रियल लाइफमा ‘माया पिरिम’ को अनुभव नरहे पनि फिल्म गर्दा धेरै कुरा सिक्ने मौका मिलेको बताइन् । नेगेटिभ चरित्रमा रुचाइएका कलाकार कालु रानाले ‘जात्रै जात्रा’ मा जस्तै यो फिल्ममा पनि दर्शक साथ मिल्ने अपेक्षा राखे ।

यहि मंसिर २० गते देशभरका सिनेमा घरमा प्रदर्शनमा आउने चलचित्र ‘माया पिरिम’ लाई निरज कँडेलले खिचेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्धन्द, नकुल खड्काको सम्पादन, कोशिस क्षेत्रीको संगीत तथा शिशिर खातीको कोरियोग्राफी रहेको छ । यस अघि सार्वजनिक फिल्मको गीतलाई दर्शकले निकै रुचाएका छन् । ‘फोटो खिचेर’ बोलको गीतमा कलाकार सलोन बस्नेत र अन्जली अधिकारी फिचर भएका छन् ।

फिल्मको वितरण उपत्यकाका लागि रिच इन्टरटेन्मेन्ट र मोफसलका लागि एफ.डी कम्पनीले गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अन्जु र पुरुषोत्तमको स्वरमा सेल्फी किङ्गको जाली रुमाल गीत सार्वजनिक (भिडियो)
कलाकार गजित विष्ट बने रावण, २ वर्षको तयारी पछि यस्तो बन्यो गीत (भिडियो)
कस्तो चल्यो त फिल्म माया पिरिम ?
मन परेसी पर्‍यो पर्‍योमा पूजा–आकाश अनुबन्ध, प्रेमगीत ३ सँगै प्रदर्शन हुने