प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार


Filmy Kura, Feb 4, 2020 at 6:28 pm


सुटिङ सुरु भएदेखि नै चर्चामा रहेको प्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार डिजिटल राइट्स लिएको ओ.एस.आर मूभिजबाट फिल्मको ‘हात्ती ढुङ्गामा’ बोलको गीत रिलिज गरिएको हो ।

५ मिनेट लामो गीत सुन्दै आएका गीत भन्दा केही भिन्न स्वादको लाग्न सक्छ । गीत जस्तै भिडियो मेकिङ पनि फरक रहेको छ । युवा स्टार प्रदीप खड्काको लामो लामो केश अनि डेव्यु नायिका क्रिष्टिनाको कल्चरल भेष भुषाले भिडियो यूनिक बनेको छ । सार्वजनिक गीतमा हर्क साउदको शब्द, कल्याण सिंहको संगीत तथा सागर आले र मेलिना राईको युगल स्वर समावेश छ । सुन्दर हिमाली भेग मनाङमा खिचिएको गीतमा कोरस पनि टन्नै राखिएको छ । आषुसेन फिल्मस्का लागि सन्तोष सेन निर्मित यो चलचित्र आगामी चैत्र २८ गते नयाँ वर्ष २०७७ लाई लक्षित गर्दै रिलिज गरिदैछ ।

फिल्मलाई सेन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका छन् । सदियौ पहिलेको प्रेमकथालाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको यो चलचित्रमा प्रदीप–क्रिष्टिनाको अलवा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्रि लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मका निर्माता, कलाकार तथा निर्देशक सन्तोष सेनले ‘प्रेमगीत ३’ को पब्लिसिटी म्याटर क्रमिक रुपमा सार्वजनिक गर्दै जाने बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पत्रकार फूलमान निर्देशित फिल्म ‘नीरफूल’ को ट्रेलर रिलिज
मायालु प्रेम एक्सन अवतारमा, प्रेमगीत ३ टिजर रिलिज (भिडियो)
‘ए मेरो हजुर ४’ को शुभमुहूर्त सँगै छायांकन प्रारम्भ
पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)