सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)


Filmy Kura, Feb 6, 2020 at 2:19 pm


हास्यकलाकारको भोगाई माथि निर्माण भएको चलचित्र ‘सेल्फी किङ्ग’ को भव्य प्रिमियर गरिएको छ । बुधबार साँझ काठमाडौंको आई.एन.आई सिनेमा हलमा फिल्मको रेड कार्पेट शो गरिएको हो ।

विपिन कार्की र लक्ष्मी वर्देवाको शीर्ष भूमिका रहेको फिल्म हेर्न चलचित्र क्षेत्रका ख्यातिप्राप्त व्यक्ति पुगेका थिए । खासगरि हास्यकलाकारिता क्षेत्रसँग रिलेटेड कथा भएकाले फिल्मको प्रिमियरमा बरिष्ठ हास्यकलाकार सन्तोष पन्त देखि चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ सम्म पुगेका थिए । प्रिमियर शो हेरिसकेपछि नवनिर्देशक विशाल सापकोटा निर्देशित ‘सेल्फी किङ्ग’ लाई मिश्रित प्रतिक्रिया मिलेको छ । फिल्म हेरिसकेपछि कलाकार केकी अधिकारीले जून सब्जेक्ट माथि फिल्म बनेको छ त्यो बिक्ने स्टोरी, ईजी स्टोरी नभएको बताईन् । यो फिल्मले कलाकारको मनोदशलाई छर्लङ्ग पार्ने भन्दै उनले विपिन कार्की जस्तो राम्रो कलाकार ईन्ड्रष्टिजले पाएकोमा गर्व गरिन् । उता कलाकार निशा अधिकारीले सरल ढङ्गबाट कथा प्रस्तुत गरिएको भन्दै यस्ता प्रकारको फिल्म बन्न थालेकोमा प्राउड फिल भएको धारणा राखिन् । यता टेलिभिजन कार्यक्रम प्रस्तोता तथा नायिका रिमा विश्वकर्माले फिल्मलाई लिएर आफूले कथा पूरै रिलेट गरेको तर्क गरिन् । हाल सञ्चालित कमेडी च्याम्पियनका सहभागी समेत फिल्म हेर्न पुगेका थिए । फिल्म हेरिसकेपछि टप सिक्स्का प्रतिपस्र्धीहरुले हरेक कमेडीयनहरुले ‘सेल्फी किङ्ग’ हेर्नै पर्ने भन्दै आम मानिसमा समेत यो फिल्मको कथाले टच गर्ने भनाइ राखे । निर्देशक प्रदिप भट्टराईले फिल्म मन छुने खालको बनेको बताए । त्यस्तै कलाकार तथा निर्माता निर्मल शर्मा ‘गैडा’ले विपिनको कामको तारिफ गरे । नायक आर्यन सिग्देलले फिल्मले बोकेको इमोशनले दर्शकलाई बाध्ने विश्वास व्यक्त गरे । निर्देशक दीपेन्द्र के खनालले यो चलचित्र नयाँ निर्देशकले बनाए जस्तो नलागेको भन्दै काम परिपक्व देखिएको बताए । नायिका नम्रता श्रेष्ठले फिल्म मन परेको प्रतिक्रिया दिदै साथी दिनेश राउत (प्रोड्युसर) को प्रशंसा गरिन् । कलाकार कर्माले धेरैपछि फिल्म हेरेर ग्वा ग्वा रोएको बताए । प्रमोद अग्रहरी देखि कामेश्वर चौरासिया सम्मले फिल्मको तारिफ गरे । केही सेलिब्रेटीज्ले भने फिल्म हेरिसकेपछि प्रतिक्रिया दिन आनाकानी गरेका थिए ।

नवनिर्देशक विशाल सापकोटाले चलचित्र हेर्ने सिनेकर्मीबाट सकारात्मक प्रतिक्रिया मिलेको बताए । चलचित्रलाई निर्देशक समेत रहेका दिनेश राउत र सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् । निर्देशकका रुपमा समेत ख्याति कमाएका दिनेशले दुई लाईन स्टोरी प्लट सुन्दा ‘सेल्फी किङ्ग’ प्रोड्युस गर्न मन लागेको बताए । यता फिल्मका कलाकार विपिन र लक्ष्मीले मिहेनत गरे अनुसारकै रिजल्ट आउनेमा आफूहरु आशावादी रहेको भनाइ राखे ।

चलचित्र माघ २४ गते देशभरका सिनेमा घरमा प्रदर्शन हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पत्रकार फूलमान निर्देशित फिल्म ‘नीरफूल’ को ट्रेलर रिलिज
मायालु प्रेम एक्सन अवतारमा, प्रेमगीत ३ टिजर रिलिज (भिडियो)
‘ए मेरो हजुर ४’ को शुभमुहूर्त सँगै छायांकन प्रारम्भ
पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)