कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?


Filmy Kura, Feb 13, 2020 at 1:02 pm


चलचित्र ‘लभ डायरिज’ को काठमाडौंमा बुधबार प्रिमियर शो गरिएको छ । फिल्म क्षेत्रमा आबद्ध गन्नेमान्ने देखि कमेडी च्याम्पियनका टप फाइभ प्रतिस्पर्धी र पत्रकारले पर्दामा एकसाथ प्रेमकथानक चलचित्र ‘लभ डायरिज’ हेरे ।

बिग मूभिजमा सम्पन्न प्रिमियरमा सहभागी सबैले प्रतिक्रिया दिदै ‘लभ डायरिज’ एउटा मिठो प्रेमकथा भन्दै तारिफ गरे । कमेडी च्याम्पियनका टप फाइभ प्रतिस्पर्धीले चलचित्र राम्रो बनेको भन्दै हेरुन्जेल कतै भावुक बनाएको कतै हसाएको भनाइ राखे । प्रेम दिवसका दिन रिलिजमा आउन लागेको फिल्म सबैलाई हेर्न च्याम्पियनका प्रतिस्पर्धीले अनुरोध गरे । यता कलाकार भुवन केसी देखि झरना थापाले फिल्मको खुलेर प्रशंसा गरे । नव निर्देशकको काम परिपक्व भन्दै फिल्म हेर्ने चलचित्रकर्मीले प्रतिक्रिया दिएका हुन् । सौरभ चौधरीले यो चलचित्रको निर्देशन गरेका हुन् । यता चलचित्रका प्रमुख कलाकार सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमाल प्राप्त प्रतिक्रियाले आफूहरुलाई हौसला मिलेको भन्दै खुसी देखिए । सुशीलले भने के होला कस्तो होला फिल्म भन्ने लागेर मनमा डर पैदा भएको स्मरण गरे । तर, प्रिमियर हेरेपछि सबैले राम्रो भनेर तारिफ गर्दा डर हट्दै गएको बताए । रुविनाले यसै फिल्मबाट नायिकाको रुपमा डेव्यु गरेकी हुन् ।

मधु बास्तोलाको लेखनमा विनोद सापकोटा निर्मित ‘लभ डायरिज’ फागुन २ गते देखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । सञ्जय लामाको छायांकन रहेको फिल्ममा अर्जुन पोखरेलले संगीत भरेका छन् । प्रेम दिवसको उपहार स्वरुप हल गएर यो फिल्म हेर्न निर्माण टिमले दर्शकलाई अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पत्रकार फूलमान निर्देशित फिल्म ‘नीरफूल’ को ट्रेलर रिलिज
मायालु प्रेम एक्सन अवतारमा, प्रेमगीत ३ टिजर रिलिज (भिडियो)
‘ए मेरो हजुर ४’ को शुभमुहूर्त सँगै छायांकन प्रारम्भ
पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)