पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)


Filmy Kura, Feb 13, 2020 at 3:29 pm


पल शाह र पूजा शर्माको शीर्ष भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांगीतिक प्रेमकथामा आधारित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर रिलिज समारोहमा पूजाले फिल्ममा समावेश गीत समेत गाएर सुनाएकी थिइन् । उनले फिल्म यूनिटका सबैलाई मिठो साथ र सहयोगको लागि धन्यवाद दिईन् । यता पल शाहले सुदर्शन प्रोडक्सनमा काम गर्दा जहिल्यै सिक्ने मौका मिल्ने बताए । यति मात्र होइन उनले आफू लर्निङ फेजमा रहेको भन्दै गल्ती कमजोरी भए औल्याई दिन समेत आग्रह गरे । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । पल–पूजाको अलवा फिल्ममा हरिहर शर्मा, दिनेश डिसी, गणेश गिरी, राजा राजेन्द्र पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ । बरिष्ठ कलाकार हरिहर शर्माले ४० वर्ष पहिले आफूले अभिनय गरेको चलचित्र ‘बासुदेव’ स्मरण गर्दै यो फिल्ममा त्यस्तै यादगर रहने रोल निभाएको बताए । उनले युवा निर्देशक थापाको काम गर्ने स्टाइल मन परेको भन्दै उनको क्षमताको तारिफ गरे । यता कलाकार दिनेश डिसीले पछिल्लो समय अभिनयबाट टाढा रहेपनि निर्देशक सुदर्शनको टिमसँग काम गर्न पाउदा छुट्टै मज्जा आएको भनाइ राखे ।

सौरभ लामाको छायांकन रहेको यस चलचित्रमा अर्जुन पोखरेलले संगीत दिएका छन् । फिल्मको यस अघि सार्वजनिक गीतहरु चर्चामा रहेका छन् । यस अघि फागुन २३ रिलिज भनिएपनि प्रदर्शन मिति फेरबदल भएको छ । अब यो चलचित्र फागुन ३० गते सार्वजनिक प्रदर्शनमा आउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पत्रकार फूलमान निर्देशित फिल्म ‘नीरफूल’ को ट्रेलर रिलिज
मायालु प्रेम एक्सन अवतारमा, प्रेमगीत ३ टिजर रिलिज (भिडियो)
‘ए मेरो हजुर ४’ को शुभमुहूर्त सँगै छायांकन प्रारम्भ
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?