मायालु प्रेम एक्सन अवतारमा, प्रेमगीत ३ टिजर रिलिज (भिडियो)


Filmy Kura, Mar 3, 2020 at 7:18 pm


चलचित्र ‘प्रेमगीत ३’ को अफिसियल टिजर रिलिज भएको छ । मंगलबार सार्वजनिक १ मिनेट ४५ सेकेण्डको टिजरमा प्रेमको भूमिका निर्वाह गरेका प्रदीप खड्का एक्सन अवतारमा देखिएका छन् । दयालु प्रेमको एक्सन अवतार हेर्दै आएका फिल्ममा भन्दा निकै भिन्न छ ।

आशुषेन फिल्मस्का लागि सन्तोष सेन निर्मित फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत लगायतका कलाकारको अभिनय रहेको छ । डेव्यु नायिका गुरुङलाई भने टिजरमा निकै कम स्थान दिईएको छ । हिमाली भेगको दृश्यमा सदियौ अगाडिको प्रेमकथालाई उतारिएको छ । यस अगाडि सार्वजनिक दुई गीतले राम्रो चर्चा पाइसकेका छन् ।

छेतेन गुरुङ र सन्तोष सेन निर्देशित चलचित्र आगामी चैत्र २८ गते रिलिज हुँदैछ । नयाँ वर्षलाई लक्षित गर्दै रिलिजमा आउन लागेको चलचित्रलाई आम दर्शकले प्रतिक्षित चलचित्रको रुपमा लिएका छन् । यस ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ लाई पनि दर्शकले निकै मन पराएका थिए । यो चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन् । कल्याण सिंह र एलिस कार्की संगीतबद्ध चलचित्रको गीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर भरेका छन् । हिमाल केसीको द्धन्द निर्देशन रहेको ‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र मन्दिप न्यौपानेले संयुक्त रुपमा लेखेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मलाई बनिष शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पत्रकार फूलमान निर्देशित फिल्म ‘नीरफूल’ को ट्रेलर रिलिज
‘ए मेरो हजुर ४’ को शुभमुहूर्त सँगै छायांकन प्रारम्भ
पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?