सरस्वती पूजाको दिन हास्य प्रधान फिल्मको नाम जु¥यो, वडा नम्बर ६ यूनिटले अब ‘लप्पन छप्पन’ निर्माण गर्ने


Filmy Kura, Feb 13, 2016 at 12:20 pm

dipak-dipa_filmykuraयस अघि ‘छ एकान छ’ र ‘वडा नम्बर ६’ जस्ता ब्लकबस्टर हिट फिल्म दिएका दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले आगामी निर्माण गर्ने फिल्मको नाम आज सरस्वती पूजाको दिन जुराएका छन् । उनीहरुले आगामी बनाउने फिल्मको नाम ‘लप्पन छप्पन’ तय भएको छ ।

हास्यकलाकार दीपकराज गिरीले एक फेसकबुक स्टाटस राख्दै भनेका छन्, ‘आदरणिय साथीहरु छ एकान छ र वडा नम्बर ६ लाई अध्याधिक सफल बनाइदिनु भयो । आज सरस्वती पूजाको दिन हाम्रो तेस्रो फिल्मको नाम जु¥यो । आमा सरस्वती मूभिज र गीता देवी फिल्मस्को लप्पन छप्पन ।’

कलाकार दीपकराजले कलाकार तथा प्राविधिकको बारेमा पछि जानकारी दिने बताउँदै फिल्मको निर्देशन भने दीपाश्री निरौलाले गर्ने उल्लेख गरेका छन् । साथै उनले अन्तिममा फिल्मबाट भरपुर मनोरञ्जन दिने हाम्रो सधैँ प्रण रहनेछ भन्दै पहिलेको जस्तै सहयोगको आशा व्यक्त गरेका छन् ।

FB-Status-dipak


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो