फिल्म हेरेपछि छविलाई अङ्गालो हाल्दै रेखाले भनिन, ‘के छ ड्याडी ?’


Filmy Kura, Feb 18, 2016 at 9:42 pm

rekha-chhabiraj_filmykura

तस्बिर : उत्सव रसाइली

सायद बाघ निर्माता छविराज ओझाले पनि थुप्रै समय भइसकेको थियो नायिका रेखा थापाको मुखबाट के छ ड्याडी भनेर सुन्न नपाएको तर हिजो ‘को आफ्नो’ फिल्मले यो अवसर जुराइदिएको छ ।

जय नेपाल हलमा प्रिमियर शो हेर्न आएका छवि र रेखा एक अर्का सँग बोल्लान र अंकमाल गर्लान जस्तो कसैलाई लागेको थिएन तर भइदियो ठीक उल्टो । सम्बन्ध विच्छेद गरी छुट्टा छुट्टै बस्न थालेका यी दुईले पत्रकारलाई समेत आश्चार्य चकित पारिदिए । अघिल्ला प्रिमियर शो मा एक अर्कालाई देखे पनि नदेखे झै गर्ने यी दुईले बुधबार भने फिल्म हेरेर हलबाट निस्कदै गर्दा मित्रता प्रकट गरे ।

रेखाले छविलाई के छ ड्याडी भन्दै जब अङ्गालो हालिन अनि छवि पनि के कम मन्द मुस्कान दिदै ठीक छ बाबु भनेर जवाफ फर्काउन भ्याइहाले । हुन त जब जब आफ्नो फिल्म रिलिजको डेट नजिकिदै जान्छ तब तब रेखाले विभिन्न फन्डा अपनाउने कुरा पाठकलाई सर्वविदितै छ । चैत्र २६ रिलिज ‘रामप्यारी’ फिल्मलाई फोकस गर्दै उनले छविको ‘किस्मत २’ केही पछि चलाउनको लागि अंकमाल शैलिमा भनेको पनि हुनसक्छ । जे होस् धेरै पछि उनीहरुको प्रत्यक्ष भेटघाट र कुराकानीले श्रीमान श्रीमतीबाट छुट्टिएपनि मित्रता कहिले सकिदैन भन्ने कुराको छनक देखाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो