गुमनाम हिरो अर्जुन देखिए पिकनिकमा


Filmy Kura, Feb 21, 2016 at 12:24 pm

arjun-karki_filmykuraविश्वकै अग्लो शिखर सगरमाथा आरोहण पछि नायक अर्जुन कार्की फिल्ममा देखिएका छैनन् । उनी कता के गर्दैछन् चलचित्रकर्मीलाई समेत पत्तो थिएन । सबैलाई लाग्यो सायद फिल्मबाट अफर आउनै छाडेपछि उनी आफ्नै छुट्टै व्यवसाय गरेर बसेका होलान् ।

लामो समय पर्दामा नदेखिएका उनै अर्जुन शनिबार चलचित्र कलाकार संघले आयोजना गरेको पिकनिकमा देखिए । भक्तपुर स्थित बागमती क्लबमा बनभोज आयोजना गरिएको थियो । उक्त बनभोजमा सामेल नायिका रेजिना उप्रेतीले एउटा सामूहिक फोटो आफ्नो फेसबुकमा पोष्ट गरेकी छिन् । जहाँ नायक अर्जुन कार्की समेत रहेका छन् । स्मरण रहोस कलाकार संघले प्रत्येक वर्ष यसरी पिकनिकको आयोजना गर्दै आइरहेको छ ।

(तस्बिर : नायिका रेजिना उप्रेतीको फेसबुकबाट)

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो