फिल्म प्रचारको लागि भाग सानी भाग देश दौडाहामा, गरियो टाइटल सङ्ग्स् रिलिज


Filmy Kura, Feb 23, 2016 at 2:53 pm

kekiचैत्र ५ रिलिज फिल्म ‘भाग सानी भाग’ ले यतिबेला विभिन्न ठाउँमा पत्रकार भेटघाट गर्दै आफ्नो पब्लिसिटीलाई तिब्रता दिएको छ । नायिका केकी अधिकारी, निर्देशक नवल नेपाल र कार्यकारी निर्माता चेतन सापकोटा यतिबेला पोखरा, दमौली, नारायणघाट र बुटवलमा फिल्म प्रचारका लागि पुगेका छन ।

टिपिकल नेपाली कथामा आधारित भनिएको यस फिल्मको टाइल सङ्ग्स् रिलिज गरिएको छ । दिपक लिम्बु र स्मीता दाहालले गाएको शिर्ष गीतमा प्रमोद ढुङ्गानाको शब्द तथा चेतन सापकोटाको संगीत रहेको छ । नायक सविन श्रेष्ठ र नायिका केकी अधिकारी फिचरिङ भएको यो गीत यात्राको दौरानमा खिचिएको छ । बस र ट्याक्टरमा यात्रा गर्दा गर्दै गीत सकिन्छ ।

हेर्नुहोस् यस्तो बनेको छ गीत


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो