सुदर्शन गौतम अब हिम्मतवाला बन्ने


Filmy Kura, Feb 24, 2016 at 12:49 pm

sudarsan gautamदुई हात नभएका साहसी कलाकार सुदर्शन गौतमले अर्को फिल्म खेल्ने भएका छन् । फिल्मको नाम ‘हिम्मतवाला’ तय भएको छ । इश्वर थापा र हरि शिवाकोटीले लगानी गर्ने यस फिल्ममा नायकका रुपमा सुदर्शन अनुबन्ध भएका हुन ।

अर्को महिना देखि क्यानडाबाट सुटिङ प्रारम्भ हुने ‘हिम्मतवाला’ को लागि यतिबेला हिरोइनको खोजी भइरहेको छ । इश्वर थापाले निर्देशन गर्ने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन । नायिका रेखा थापाले निर्माण गरेको फिल्म ‘हिम्मतवाली’ बाट डेब्यू गरेका सुदर्शनले ‘हिम्मतवाला’ मा कस्तो भेष धारण गर्ने हो हेर्न बाँकी छ । फिल्मको शिर्ष गीत संगीतकार टंक बुढाथोकीले कम्पोज गरिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो