दीपक दीपाको छक्का पन्जामा अटाएनन् धुर्मुस, हिरोइनमा प्रियंका अनुबन्ध


Filmy Kura, Feb 29, 2016 at 12:27 pm

dipak-mundre-dhurmusहास्यकलाकार दीपाश्री निरौलाले निर्देशन गर्ने भनिएको फिल्म ‘छक्का पन्जा’ मा सिताराम कट्टेल अर्थात धुर्मुस यो पटक भने अटाएनन् । यही टीमले बनाएको ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ मा प्रमुख आकर्षण बनेका धुर्मुस यो पटक भने सरसफाइ कार्यक्रममै व्यस्त हुने भएकाले फिल्ममा समय दिन नसक्ने बुझिएको छ ।

नेपाल सरकारबाट सरसफाइ दुत घोषणा गरिए सँगै धुर्मुस पछिल्लो समय अन्यत्र काम मै व्यस्त हुन थालेका छन् । दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले मिलेर लगानी गर्ने यस फिल्ममा प्रियंका कार्की भने नायिकाका रुपमा अनुबन्ध भएकी छिन् । यस अघिको ‘वडा नम्बर छ’ मा पनि प्रियंकाले काम गरी सकेकी छिन् ।

‘छक्का पन्जा’ मा जीतु नेपाल मुन्द्रे, शिवहरि पौड्याल, केदार घिमिरे माग्ने बुढा, दीपकराज गिरी, किरण केसी, बसुन्धरा भुषालले अभिनय गर्ने पक्का भइसकेको छ । कमेडी जनराको यस फिल्म चैत्र ८ देखि सुटिङ फ्लोर उत्रदैछ । स्मरण रहोस् पहिला ‘लप्पन छप्पन’ नामाकरण गरिएको यस फिल्म विकास बोर्डमा पहिले अरु कसैले दर्ता गरिसकेकाले पछि ‘छक्का पन्जा’ राखिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो