रिसाहा जंगेको यस्तो रुप (भिडियो सहित)


Filmy Kura, Mar 9, 2016 at 12:17 pm

surajsingटेलिभिजकर्मी सुरज सिंह ठकुरीले डाँडामा हिरोइन नचाउने रोल बाहेक अन्य एक्स्ट्रा देखिने रोल पाए भने फिल्म खेल्ने कामलाई निरन्तरता दिन्छु भनेका थिए । ‘नाई नभन्नु ल ३’ बाट दर्शक माझ क्लिक भएका उनले नभन्दै भिन्न भिन्न चरित्रमा आफूलाई ढाल्दै लगे ।

पछिल्लो समय उनै सुरजसिंह जंगेको भेष धारण गरी दर्शकमाझ आउदैछन् । बैशाख १७ गते रिलिज मिति तय गरिएको ‘जंगे’ मा सुरजसिंह रिसाहा देखिन्छन् । राणाकालिन प्रधानमन्त्री जंगबहादुर राणाको जीवनीमा आधारित यस फिल्ममा सुरजले प्रमुख भूमिका निभाएका छन् । केही दिन अघि यूट्युव मार्फत ‘जंगे’ को ट्रेलर सार्वजनिक गरिएको थियो । फिल्मलाई उत्कल थापाले निर्देशन गरेका हुन् । सुरज सहित ऋचा शर्मा, अनुप बराल, नरेश पौड्याल लगायतको अभिनय रहेको छ ।

हेर्नुस् जंगेको ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो