तराई भेषमा सौगातले सिलिन्डिर बोकेपछि…


Filmy Kura, Mar 15, 2016 at 12:52 pm

lukamariअचेल बजारमा रित्तो सिलिन्डर छ्याप् छ्याप्ती भेटिन्छ । ग्यास भर्न राखेका सिलिन्डर हेर्दा प्रधानमन्त्रीको झल्को आउछ । कारण प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि अब साइकल र मोटर साइकलमा ग्यासका सिलिन्डर लिएर दौडने समय गयो घरमा घरमा ग्यासको पाइप जोडिदिन्छु भनेका थिए । यस बीच कलाकार सौगात मल्ल तराई भेषमा सिलिन्डर बोकेर हिडेको दृश्य सार्वजनिक भएको छ । कतै उनी ग्यास भर्न हिडेका त होइनन् यो अभावमा ? दृश्यमा उनको लुक्स हेर्दा ठम्याउनै गाह्रो पर्छ सौगातै हुन् या होइनन् भनेर । तर उनी यसरी सिलिन्डर बोकेको दृश्य एक फिल्मको हो ।

‘लुकामारी’ फिल्मको यो पोष्टरमा सौगातलाई निकै फरक देखिएको छ । पोष्टर रिलिज गरिए सँगै सौगातको नयाँ लुक्सको चर्चा सुरु भएको छ । जेठ २८ गतेबाट प्रदर्शन हुने यो फिल्मलाई श्रीराम दाहालले निर्देशन गरेका छन् । सौगात सँगै फिल्ममा द्धय नायिका सुरविना कार्की र रिस्ता बस्नेतको पनि अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो