दयालाई बाल नदिने रीश्मा अर्कैको प्रेममा


Filmy Kura, Mar 17, 2016 at 12:12 pm

daya-rishmaफिल्म ‘कबड्डी’ मा दयाहाङ राईले कम्ती संघर्ष गर्दैनन् आफ्नो प्रेम पाउनको लागि । तर विडम्बना दयाहाङ काजी बनेर रीश्मा गुरुङलाई आफ्नो बनाउन नपाउदै फिल्म सकिन्छ । दयालाई बाल नदिने उनै रीश्मा अर्कैको प्रेममा परेकी छिन् तर त्यो पनि फिल्म मार्फत नै हो वास्तविक जीवनमा भने होइन ।
भदौ ९ रिलिज फिल्म ‘झुम्की’ मा उनै रीश्मा एक प्रहरीको प्रेममा पर्छिन् । विशेषत द्धन्द्धकालको घटना र सन्दर्भ उठान गरिएको यस फिल्मलाई अपिल विष्टले निर्देशन गरेका हुन् । रीश्मा सँगै फिल्ममा दयाहाङ र मलिना जोशीको प्रमुख भूमिका रहेको छ ।

विजय विराज विष्टले लगानी गरेको यस फिल्ममा रामबाबु गुरुङको पटकथा, कालीप्रसाद बाँस्कोटाको संगीत, अष्ट महर्जनको द्धन्द्ध र सैलेन्द्र कार्कीको छायांकन छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो