सुटिङ नहुदै फिल्म रिलिज मिति घोषणा, कस्तो बन्ला सायद २ ?


Filmy Kura, Mar 29, 2016 at 3:41 pm

kusal-and-nisha (कलाकार कुशल र निशा)

फिल्मको सुटिङ समेत सुरु गरिएको छैन तर निर्माता सुनिल रावलले ‘सायद २’ मंसिर ३ रिलिज हुने घोषणा गरेका छन् । आखिर हतार किन ? ‘सायद’ को सफलता पछि यसको सिक्वेल निर्माण हुने भएको हो । जुन फिल्म नयाँ वर्ष ०७३ सालको बैशाख लागे सँगै सुटिङ फ्लोर उत्रने छ । फिल्मको यतिबेला वर्कसप चलिरहेको छ ।

sayad2
फिल्ममा यस अघि लिने भनिएका दुई कलाकार आशिरमान देषराज र अर्पणा उपाध्यायको ठाउँमा भने अर्का कलाकार लिने तय भएको छ । नाटकमा अभिनय गरिरहेका कुशल पाण्डे र निशा कार्की फिल्ममा रहने भएका छन् । यि बाहेक फिल्ममा ‘होस्टेल रिटन्र्स’ हिरो सुशिल श्रेष्ठ, नायिका सन्ध्या केसी, अमित ढुङ्गाना लगायतका कलाकारको अभिनय रहने छ ।

थोरै तर ब्राण्डेड फिल्म निर्माण गरेरै एकाएक फिल्म नगरीमा हाइलाइट भएका निर्माता सुनिल रावलले ‘सायद २’ निर्देशनको जिम्मा भने नव निर्देशक पुष्पराज न्यौपानेलाई दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो