छक्का पन्जाको २५ % सुटिङ सम्पन्न, बडा दशैँमा रिलिज गर्ने तयारी


Filmy Kura, Mar 30, 2016 at 12:57 pm

xakka-panjaहास्य अभिनेत्री दीपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको फिल्म ‘छक्का पन्जा’ को २५ प्रतिशत सुटिङ सकिएको छ । कमेडी धारको यो फिल्ममा कलाकार दीपकराज गिरी, केदार घिमिरे, शिवहरी पौडेल, जितु नेपाल, प्रियंका कार्की लगायतको अभिनय रहेको छ ।

एक चौथाई सुटिङ सकिन नपाउदै सो फिल्मका हिरो तथा निर्माता दीपकराजले बडा दशैँमा फिल्म रिलिज लक्ष्य राखिएको बताएका छन् । बडा दशैँमा दर्शक बटुल्दै दक्षिणा झार्ने दाउमा रहेको यो फिल्म सुटिङ देखि नै चर्चामा रहेको छ । पहिलो कुरा त यो फिल्मलाई दीपाले निर्देशन गरेकाले पनि कस्तो बन्ने हो जिज्ञाशा धेरै भएको पाइएको छ । दोस्रो भनेको हास्य कलाकारको जमातलाई यो फिल्ममा हेर्न सकिने छ । यस अघि यहि टिमले मिलेर निर्माण गरेको दुई फिल्म ‘छ एकान छ’ र ‘वडा नं. ६’ ब्लक बस्टर हिट भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो