हाउ फन्नीमा नायिकाको जम्बो टोली


Filmy Kura, Apr 16, 2016 at 11:14 am

keki-priyanka-nishaएउटै नायिकाले फिल्ममा लिड गरिरहेको वर्तमान अवस्थामा तीन नायिकाको जम्बो टोली ‘हाउ फन्नी’ मा रहेको छ । फिल्मको शीर्षकबाट नै प्रष्ट हुन सकिन्छ कि यो कमेडी धारको चलचित्र हो । पछिल्लो सयम निकै व्यस्त रहेका दुई नायिका प्रियंका कार्की र केकी अधिकारीको साथमा निशा अधिकारीको अभिनय यो फिल्ममा रहेको छ । तीन नायिकाको जम्बो टोली एउटै फिल्ममा हेर्न पाइने मौका दर्शकले कतिको सदुपयोग गर्ने हुन् त्यो त फिल्मको कन्टेनमा भर पर्ने कुरा हो ।

फिल्म रिलिज हुन हप्ता दिन बाँकी रहदा प्रियंका र केकीको फेसबुक वालमा भने ‘हाउ फन्नी’ पोस्टरले खुबै स्थान पाइरहेको छ । केकीका लागि त यो फिल्म चल्नु पर्ने जरुरी भइसकेको छ । कारण उनका हरेक फिल्म सुपर फ्लप भइदिदा केकी हुनु र नहुनुको अर्थ छैन भन्ने सम्मका निर्माता भेटिन थालिसकेका छन् । प्रियंका अभिनित फिल्म पनि व्यापारिक दृष्टिकोणबाट दिनप्रति दिन असफल सावित भइरहेका छन् । यता निशालाई पनि अफर आउनै छाडि सकेको छ । यस हिसाबमा यि तीनै नायिकाका लागि यो फिल्म विशेष छ । केकी र प्रियंका जासुसीको भूमिकामा देखिएका छन् । बैशाख १० गते प्रदर्शन हुने फिल्ममा केकी, प्रियंका, निशा सहित दयाहाङ राई र अनुपक्रिम शाहीको अभिनय हेर्न सकिन्छ । फिल्मलाई निलु डोल्मा शेर्पाले निर्देशन गरेकी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो