बुद्ध वर्न इन नेपालको ट्रेलर र गीत रिलिज (भिडियो)


Filmy Kura, Apr 17, 2016 at 1:27 pm

ramitजेठ ७ रिलिज फिल्म ‘बुद्ध वर्न इन नेपाल’ को अफिसियल ट्रेलर र गीत रिलिज गरिएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मलाई नायक रमित ढुङ्गानाले निर्माण गरेका हुन् । फिल्मले विशेष गरी बुद्ध नेपालमै जन्मेका हुन् भन्ने मूल सन्देश प्रवाह गर्नेछ ।

पछिल्लो समय बुद्धको जन्मथलो भारत हो भनि अफवाह फैलाएको पाइन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध आफ्नै देशको भूमिमा जन्मिएको भनि गरेको एक भाषण क्लिप समेत ट्रेलरमा अटाइएको छ । रमितको यो निर्माणको हिसाबले दोस्रो फिल्म हो । ‘माया नमार’ पछि उनी यो फिल्मको साथ दर्शकमाझ आएका हुन् । ट्रेलर लन्च समारोहमा नायक रमितले यो आफू एक्लोको फिल्म नभई तीन करोड नेपालीको फिल्म भएको बताए । ‘यस अर्थमा पनि कि यसले उठान गरेको इश्यु राष्ट्रिय इश्यु हो’ रमितले भने ।

सार्वजनिक गरिएको गीतमा सुरेश अधिकारीको संगीत रहेको छ भने ओम सुनारले स्वर दिएका छन् । रमित सँगै फिल्ममा अशिष्मा नकर्मी, मिथिला शर्मा, उमेश खड्का, निर शाह आदि कलाकारको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो