सरकारबाट चलचित्रकर्मी परिचयपत्र वितरण


Filmy Kura, Apr 19, 2016 at 7:50 am

groupनेपाल सरकारले सिने क्षेत्रमा आबद्ध १३ जना कलाकर्मीलाई चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ । चलचित्र विकास बोर्डको समन्वयमा सोमबार सञ्चार मन्त्रालयमा आयोजित एक समारोहमा उक्त परिचयपत्र प्रदान गरिएको हो ।

परिचयपत्र पाउनेमा यादव खरेल, किरण खरेल, नीर शाह, भुवन चन्द, हरिप्रसाद रिमाल, बसुन्धरा भुषाल लगायतका छन् । चलचित्र क्षेत्रमा पु¥याएको योगदान, सक्रियता र बरिष्ठताको आधारमा विशिष्ट श्रेणी नामाकरण गरिएको पहिलो चरणको परिचयपत्र सञ्चार मन्त्री शेरधन राईको हातबाट कलाकर्मीले लिएका हुन् ।

रेड कलरको विशिष्ट श्रेणी पहिचान भएको यो आइ डि कार्ड पहिलो चरण अन्तर्गत १३ जनाले पाए भने दोस्रो चरणमा ग्रीन र ब्ल्यू कलरको आइ डि कार्ड वितरण गरिनेछ । ब्ल्यू कलरले बरिष्ठ र ग्रीन कलरले सामान्य चलचित्रकर्मीको चिनारी दिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो