राजेशको स्वरमा प्यासीको फिल्म दर्शक तान्ने मुख्य हतियार


Filmy Kura, May 5, 2016 at 8:02 pm

rajeshpayalभनिरहनु नपर्ला नेपाली संगीत आकाशका एक चर्चित अनि निकै लोकप्रिय गायक राजेश पायल राई फिल्मको पाश्र्व गायनमा पनि सफल छन् भनेर । फिल्मको संगीतमा जादु छर्ने बसन्त सापकोटार र उनै गायक राजेश पायल राईको सहकार्यमा एक फिल्मको गीत निकै पावरफूल बनेको छ ।

केही समय अघि सार्वजनिक गरिएको उक्त फिल्मको गीत दर्शक तान्ने मुख्य हतियारको रुपमा खडा भएको छ । महिला स्वर भने गायिका माण्डवि त्रिपाठीको रहेको छ ।  यस अघि ‘मैदान’ र ‘नशिव आफ्नो’ जस्ता सफल दुई फिल्म दिएका दिलकुमार प्यासी आफ्नो तेस्रो सौगात लिएर दर्शक भेट गर्न यहि जेठ १४ गते आउँदैछन् । गीतले छुट्टै माहोल सिर्जना गरिरहेको उक्त फिल्मको नाम हो ‘किन गरेँ माया’ । हो यहि फिल्म मार्फत निर्देशक देखि कलाकार आफ्नो परिचय स्थापित गर्ने दाउमा छन् भने प्यासी ह्याट्रिक मार्ने दाउमा ।

डेब्यू निर्देशक रमेश बोगटीको निर्देशनमा तयार फिल्ममा नवनायक आयुष रेग्मी, नवनायिकाद्धय सञ्जु सिलवाल र सरु घलानले रंगिन दुनियामा पदार्पण गर्दैछन् । फिल्म निर्माण यूनिट यतिबेला फिल्मको पब्लिसिटीलाई तिब्रता दिनमा व्यस्त छ ।

हेर्नुस् बसन्त सापकोटाको संगीतमा राजेशपायलको जादुमयी आवाज


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो