छक्का पन्जाको रिलिज मिति तय


Filmy Kura, May 10, 2016 at 2:24 pm

dipakraj-giriहास्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यू निर्देशन रहेको कमेडी फिल्म ‘छक्का पन्जा’ को रिलिज मिति तय गरिएको छ । फिल्मका अभिनेता तथा निर्माता समेत रहेका दीपकराज गिरीले आज सामाजिक सञ्जाल फेसबुक मार्फत रिलिज मिति सार्वजनिक गरेका हुन् ।

यस अघि वडा दशैंमा रिलिज टार्गेट राखिए पनि अन्तत फिल्म भाद्र २४ गतेबाट अल नेपाल प्रदर्शनमा आउने भएको छ । दीपकले रिलिज मिति सँगै ‘छक्का पन्जा’ लुक भनेर एक फोटो समेत पोस्ट गरेका छन् ।

सुटिङ ताका देखि नै चर्चामा रहेको यो फिल्मको अहिले पोष्टप्रोडक्शनको काम भइरहेको छ । फिल्ममा दीपक सँगै जितु नेपाल ‘मुद्रे’, केदार घिमिरे ‘माग्ने बुढा’, शिवहरि पौड्याल र नायिका प्रियंका कार्कीको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो