कमेडियन कामेश्वर एक्शन लभर रेखासँग फिल्म खेल्दै


Filmy Kura, May 10, 2016 at 3:05 pm

rekha-kameshor‘रेशम फिलिली’ फिल्मबाट क्लिक भएका कलाकार कामेश्वर चौरासिया एक्शन लभर नायिका रेखा थापा सँग एउटै फिल्ममा देखिने भएका छन् । जेठ १ गतेबाट छायांकनमा जाने फिल्म ‘पलाँसे’ मा यि दुई प्रमुख भूमिकामा रहनेछन् ।

फिल्मलाई सुवास कोइरालाले निर्देशन गर्दैछन् । यि दुईको भूमिका कस्तो रहने भन्ने बारेमा भने निर्माण पक्षले अहिले केही खुलाइ सकेको छैन । केपी फिल्मस्को ब्यानरमा निर्माण हुन गइरहेको ‘पलाँसे’ मा अहिलेका सफल संगीतकार अर्जुन पोखरेलको संगीत, सुशन प्रजापतिको छायांकन तथा सानु कुमार श्रेष्ठको द्धन्द्ध रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो