राधामा जीवन र सञ्चिताको छमछमी


Filmy Kura, May 17, 2016 at 2:10 pm

jiwan-sanchitaयतिबेला फिल्म ‘राधा’ को गीतको सुटिङ भइरहेको छ । योगेश घिमिरे निर्देशित फिल्मको यो गीतमा नायक जीवन लुइँटेल र नायिका सञ्चिता लुइँटेल छमछमी नाचिरहेका छन् । यी दुई कलाकारले ‘राधा’ मा पहिलो पटक सँगै काम गरेका हुन् ।

चियाको बगान इलाममा गीतको सुटिङ भइरहेको छ । जीवन र सञ्चितालाई नचाउने काम हिट कोरियोग्राफर कविराज गहतराजले गरिरहेका छन् । यस अघि जीवनले योगेशको ‘नोटबुक’ मा काम गरिसकेका छन् भने सञ्चिताले पनि योगश निर्देशित ‘सपुत’ र ‘सम्झना’ मा काम गरिसकेकी छिन् । सञ्चितालाई नाचिरहेको दृश्य मै हेर्ने हो भने साविकको भन्दा निकै मोटो देखिन्छ । दुवैले सँगै काम गर्न पाउदा निकै सुखद अनुभव संगालेको बताएका छन् ।

फिल्मलाई झापा, बिर्तामोड, इलाम र दार्जिलिङमा सुटिङ गरिने निर्माण पक्षले जनाएको छ । धमाधम सुटिङ भइरहेको ‘राधा’ आगामी वडादशैमा रिलिज गराउने तयारी रहेको छ ।

हेर्नुस् थप तस्बिरहरु :

radha-in5

radha-in3

radha-in6


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो