प्रमोद र शिवको विचारको लडाई हो एक्शन : लेखक/निर्देशक राजु अर्याल


Filmy Kura, May 19, 2016 at 11:39 am

यतिबेला एक्शन किङ शिव श्रेष्ठ र मार्सल आर्टका खेलाडि समेत रहेका नायक प्रमोद दिपको चर्चा चुलिदो छ । जेठ १४ रिलिज फिल्म ‘एक्शन’ को ट्रेलरमा यी दुईको धमाकेदार एक्शन हेरेरै कतिपय दर्शकले त्यो मितिमा अरु होइन यहि फिल्म हेर्ने मनस्थिति समेत बनाएका छन् । चिरायु फिल्मस्को व्यानरमा निर्माण भएको ‘एक्शन’ लाई लिएर फिल्मका लेखक तथा निर्देशक राजु अर्याल सँग फिल्मीकुरा प्रतिनिधीले गरेको कुराकानीको सम्पादित अंश :

raju-aryal
एक्शन फिल्म नामले चाहि द्धन्दात्मक हो कि भन्ने एउटा परिकल्पना हुन्छ । खास यसले उठान गरेको विषय चाहि के हो ?

द्धन्दात्मक नै हो । द्धन्द्धका नी विभिन्न परिभाषा छन् नी त । हात खुट्टै हालेर झै झगडा गर्नु एउटा द्धन्द्ध हो अब अर्को द्धन्द्ध कस्तो हुन्छ भने मानसिक द्धन्द्ध । विचारको द्धन्द्ध । हाम्रो फिल्म ‘एक्शन’ चाहि विचारको द्धन्द्ध हो ।

विचारको द्धन्द्ध भनिएको ‘एक्शन’ फिल्म स्वैर कल्पनामा अगाडि बढेको छ कि यथार्थतामा ?

हामीले नेपालमा जे भएको छ जे देखिएको छ त्यो घटनालाई उतार्ने कोसिस गरेका छौ । यस अर्थ फिल्म स्वैर कल्पनामा होइन यथार्थतामा अगाडि बढेको छ । त्यसलाई कमर्सियल बनाउन त केही न केही मसला हाल्नै प¥यो । जे होस् नेपालको परिप्रेक्षमा भइरहेका तीतो सत्य घटना मै फिल्म केन्द्रित छ ।

तपाईको फिल्मको प्रमुख कलाकार शिव श्रेष्ठ जसको पछिल्लो समय चार्म घटिरहेको छ फिल्म हेर्न आउलान् त दर्शक ?

मलाई के लाग्दछ भने कलाकार कहिले पनि फ्लप र हिट हुँदैनन् । उस भित्रको कला देखाउने हो जो सँग यो क्षमता छ ऊ सधैँ हिट भइरहन्छ । शिव श्रेष्ठको चार्म घट्नुमा उहाँ दोषि हुनुहुन्न । उहाँलाई कतिपय फिल्ममा स्थान नै दिइएन होला त्यो कारण पछिल्लो समयको परिणाम त्यस्तै आयो । यो फिल्म त उहाँकै भन्दा पनि हुन्छ । मैले धेरै स्थान शिव श्रेष्ठलाई दिएको छु । फिल्ममा सुरु देखि अन्तिम सम्म उहाँ नै छाउनु भएको छ । उहाँको अपोजिटमा हुनुहुन्छ प्रमोद दिप । उहाँहरु दुई जना बीचको एक्शन हो । विचारको द्धन्द्ध हो । अवश्य जेठ १४ गते फिल्म रिलिज हुँदैछ दर्शक हल आउनु हुनेछ भन्ने मलाई विश्वास छ ।

जस्तो फिल्मको प्रमुख कलाकार भनौ न शिव श्रेष्ठ वा जेनिशा केसी नै त्यति सारो पब्लिसिटीमा हिडेको देखिएन नी ?

नायिका जेनिशा केसी जी त हिडिरहनु भएको छ । शिव दाई चाहि अहिले नेपालमा हुनुहुन्न । उहाँ अष्ट्रेलिया हुनुहुन्छ । सायद यहाँ हुनुहुन्थ्यो भने उहाँ सँग भेटघाट हुन्थ्यो । पब्लिसिटीका लागि पनि जानुहुन्थ्यो । उहाँ एकदम को–अपरेटिभ हुनुहुन्छ । उहाँकै सहयोगका कारण पनि हामीलाई यो फिल्ममा धेरै हेल्प भएको छ । त्यसैले शिव दाईलाई म चाहि एकदम आदर्शको रुपमा मान्छु ।

action
निर्देशकको नजरमा ‘एक्शन’ हेर्नै पर्ने तीन कारणहरु के–के हुन् ?

पहिलो कारण भनेको मुड अफ भएको बेला आनन्द लिन हेर्ने । अर्को कारण फिल्म भित्र के छ सिक्नका लागि हेर्ने । फिल्मबाट धेरै कुरा सिकिन्छ । सहि कुरालाई मनन गर्न सकेर जीवनमा उता¥यो भने नी त धेरै फाइदा भयो नी । फिल्म भनेको शिक्षाप्रद नै हुनुपर्छ र त्यो ‘एक्शन’ मा हामीले दर्शकलाई अनुभूत गराउन सक्छौ । अर्को भनेको मनोरञ्जनले भरिपूर्ण छ ।

प्रमोद दिप सँग तपाईको सहकार्य चाहि कसरी हुन गयो ?

प्रमोद दिप सँग यो भन्दा धेरै अगाडि देखि नै सहकार्य भएको हो । स्टारटिङ देखि नै हामी बीच मित्रता थियो । पेट माथि बाट गाडि कुदाएको भन्ने समाचार कुनै बेला छ्याप्छ्याप्ती भएको थियो । त्यो प्रकारको साहस गर्ने व्यक्ति प्रमोद दिप नै हुनुहुन्थ्यो । ‘जिन्दगी’ फिल्म जुन सफल पनि रह्यो । त्यसमा उहाँ प्रमुख पात्र हुनुहुन्थ्यो । त्यो बेला देखि नै एक खालको सहकार्य हो । उहाँको कामबाट प्रभावित भएर मैले उहाँलाई ‘एक्शन’ मा समेटे । मेरो काम मन परेर उहाँले म सँग सहकार्य गर्नुभयो ।

‘एक्शन’ मा तपाईले केही नयाँ प्रयोग गर्नुभएको छ ?

द्धन्द्धका दृश्यमा चाहि हामीले केही नयाँ प्रयोग गरेका छौ । प्रमोद दिप आफै मार्सल आर्टको खेलाडि भएकाले गर्दा पनि यसमा रियालिटी बेस एक्शन छ । चारवटा फाइट फिल्ममा समावेश छ त्यो चार वटै भिन्न शैलिको छ । कथावस्तु अनुसार नयाँ त डेफेनेट्ली दिन खाजेकै छौ ।

अन्त्यमा ?

अझै पनि एक्शन ओरिएन्टेड फिल्म दर्शकको रोजाईमा पर्ने गरेको छ । यो फिल्मको नाम सुन्दा द्धन्द्ध मात्रै होला भन्ने लाग्न सक्छ तर ‘एक्शन’ फिल्ममा एक्शन रोमान्स सबैकुरा मिसिएको छ । जेठ १४ गते फिल्मले आफ्नो रिलिज थालनी गर्दैछ । समय मिलेमा एकचोटि हेर्नुभयो भने तपाईलाई किन हेरेछु भन्ने गराउदैन बरु पूर्ण मनोरञ्जन दिएर पठाउनेछ । म दाम कमाउने सोच भन्दा पनि नामको पछि लागे । मेरो निर्देशकिय पक्ष कस्तो पाउनु हुन्छ त्यस्तै भनिदिनु भए आगामी दिनमा अझ बेटर गर्न सक्थे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो
गोपालकाजीको निर्माणमा लुँयागु तक्मा, फिल्मको गरियो शुभमुर्हत
पत्रकार फूलमान निर्देशित फिल्म ‘नीरफूल’ को ट्रेलर रिलिज
मायालु प्रेम एक्सन अवतारमा, प्रेमगीत ३ टिजर रिलिज (भिडियो)