२०३० सालको सेरोफेरोको कथा तीन घुम्तीमा


Filmy Kura, May 28, 2016 at 2:09 pm

tin ghumtiस्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाद्धारा लिखित चर्चित उपन्यास तीन घुम्ती कृतिमा आधारित रहेर फिल्म निर्माण भएको छ । उक्त फिल्मको नाम समेत तीन घुम्ती नै राखिएको छ ।

शुक्रबार पत्रकार सम्मेलन मार्फत फिल्म निर्माण पक्षले आउदो असार १७ गते उक्त फिल्म नेपालमा रिलिज गरिने जानकारी गराए । उक्त समारोहमा फिल्मको गीत र ट्रेलर समेत पत्रकारलाई देखाइएको थियो । वि.स. २०३० सालको सरोफेरोको घटनालाई फिल्ममा देखाउन खोजिएको छ ।

कर्मा प्रोडक्शनको प्रस्तुती तीन घुम्तीलाई बाबुराम ढकालले निर्देशन गरेका छन् । फिल्ममा गरिमा पन्त, ध्रुव दत्त, सुशान्त कार्की लगायतका कलाकारको अभिनय रहेको छ । राकेश अडुकिया निर्मित फिल्म तीन घुम्तीमा बसन्त सापकोटाले संगीत दिएका छन् भने डा. कृष्णहरि बरालका शब्द रचना सुन्न सकिन्छ ।

ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो