मिलनको निर्देशनमा ब्लाइन्ड रक्स


Filmy Kura, Jun 21, 2016 at 12:21 pm

blind-rocksथुप्रै म्युजिक भिडियो निर्देशन पछि ‘हँसिया’ नामक फिल्मबाट ठूलो पर्दामा देखिएका मिलन चाम्सले सत्य घटनामा आधारित फिल्म ‘ब्लाइन्ड रक्स’ निर्देशन गर्ने भएका छन् । ‘हँसिया’ पछि उनी निर्देशित ‘वीर विक्रम’ रिलिजको पाइपलाइनमा छ । अघिल्ला दुई फिल्म भन्दा यो नितान्त बेगल फिल्म हुनेछ चाम्सका लागि ।

डाक्टरकै सल्लाह अनुरुप प्रयोग गरेको औषधि गलत भएपछि आफ्नो आखाको ज्योति गुमाएकी श्रृष्टि केसीको जीवनीमा माथि यो फिल्म निर्माण हुने भएको हो । जसको रोलमा नायिका बेनिशा हमाल रहने पक्का भएको छ । निकेश लिम्बुले निर्माण गर्न लागेको यो फिल्ममा बेनिशा सहित नाजिर हुसेन, गौरी मल्ल, अर्पण थापा, प्रज्वल सुजल गिरीको अभिनय रहनेछ ।

करोड माथिको बजेमा निर्माण अनुमान गरिएको ‘ब्लाइन्ड रक्स’ कात्तिक १८ गतेदेखि सुटिङ फ्लोर जानेछ । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, हरि लम्साल र ताराप्रकाश लिम्बुको संगीत, यमथापाको पटकथा र रामकुमार केसीको छायांकन रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो