रातामकैको जन्मदिनमा बसुन्धरा र कोमल सम्मानित, धुर्मुस सुन्तलीलाई नगद


Filmy Kura, Jun 29, 2016 at 6:48 pm

kiran-kcहास्य क्षेत्रमा निकै चर्चित नाम हो किरण केसी अर्थात ‘रातामकै’ । किरण केसीले आज आफ्नो ५८ औँ जन्मदिन राजधानीमा मनाएका छन् । असार १५ उनी जन्मेको दिन । आजबाट उनी ५९ वर्षमा प्रवेश गरेका छन् ।

यो अवसरमा उनले सिनियर तथा समकालिन हास्य क्षेत्रका कलाकारलाई जम्मा गरी एक अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेर बर्थ डे सेलिब्रेट गरेका हुन् । कलाकारितामा लामो समय ब्यतित गरेकी बसुन्धरा भुषाललाई हास्य साम्राज्ञीको रुपमा किरण केसी परिवारले नगद सहित कदर पत्रले सम्मान गरेको हो । यस्तै समाचार वाचिका तथा गायिका कोमल वलीलाई पनि कला तथा सञ्चार जगतमा अतुलनिय योगदान गरे बापत सम्मान गरिएको हो ।

कार्यक्रममा सुशासनका लागि हास्य व्यङ्ग्य शीर्षकमा अन्तरक्रिया समेत गरिएको थियो । बरिष्ठ हास्यकलाकार सन्तोष पन्त, बरिष्ठ पत्रकार हरि थापा, संगीतकार शम्भुजित बाँस्कोटा, हास्यकलाकार मनोज गजुरेल, दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौड्याल लगायतका वक्ताले यो शीर्षकमा आफ्ना धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले किरणको कलाकारिता र समाज सेवा दुवै निरन्तर रहोस् भन्ने कामना गरे ।

उक्त समारोहमा किरण केसी लगायत अन्य विभिन्न व्यक्ति तथा संस्थाले धुर्मुस सुन्तली फाउण्डेसनलाई रु ३ लाख ४० हजार नगद हस्तान्तरण गरेका थिए । धुर्मुस सुन्तली हाल सिन्धुपाल्चोकको गिरान्चोरमा दोस्रो एकिकृत बस्ती बसाल्न लागिपरेका छन् ।

सहयोगी हात र मनहरुमा धन्यवाद दिदै धुर्मुस सुन्तलीले बस्तीका लागि जुटाएको रकम हिनामिना नगर्ने र पारदर्शि भएर पवित्र कामका लागि खर्चिने बताए । साथै उनीहरुले चारैतिरबाट सहयोग प्राप्त भएको र यसले थप हौसला मिलेको भनाइ राखे ।

किरण केसीलाई जन्मदिनमा विभिन्न उपहार मिलेको छ । हास्यअभिनेत्री दीपाश्री निरौलाले भने उनलाई कुखुरा उपहार प्रदान गरिन् । अघिल्लो वर्ष रातो मकै ल्याएर दिएको स्मरण गर्दै उनले भनिन्, ‘जिरेखुर्सानी खेल्नु हुँदा रातामकै थेगो अनुसार मकै ल्याएर दियौ अहिले ब्रके फेल सिरियलमा चिकेन चिल्ली मात्र भन्नुहुन्छ त्यसैले कुखुरा उपहार दिएको । तर थेगो परिवर्तन गरेर राँगो राँगो चाहि नभन्नु है ? फेरि राँगो कसरी ल्याएर दिनु ।’ त्यसपछि माहोल हासोमय भएको थियो ।

कार्यक्रम सञ्चालन भने टेलि सम्राटका रुपमा परिचित लय सङ्ग्रौलाले गरेका थिए । उनका कविता र विभिन्न रसिक टुक्काले कार्यक्रम अझ रोचक बनेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो