राष्ट्रिय पुरस्कारमा पशुपति प्रसादको दबदबा


Filmy Kura, Jun 30, 2016 at 2:33 pm

pasupati-prasadचलचित्र बिकास बोर्डले ‘राष्ट्रिय चलचित्र पुरस्कार ०७२’ पाउन सफल फिल्म तथा चलचित्रकर्मीको नाम सार्वजनिक गरेको छ । बोर्डको वार्षिकोत्सवको अवसरमा आज सार्वजनिक गरिएको नाम अनुसार वर्षकै हिट फिल्मको रुपमा दरिएको ‘पशुपति प्रसाद’ ले तीन विधामा पुरस्कार हाता पारेको छ ।

उत्कृष्ट फिल्ममा ‘पशुपति प्रसाद’ परेको छ भने यहि फिल्मबाट निर्देशन तर्फ दीपेन्द्र के खनालले उत्कृष्ट निर्देशक र लेखकमा खगेन्द्र लामिछाने चुनिएका छन् ।

यता अभिनेत्रीको अवार्ड भने ‘क्लासिक’ फिल्मबाट नम्रता श्रेष्ठले पाउने भएकी छिन् । यहि फिल्मबाट उत्कृष्ट सम्पादकमा सुरेन्द्र पौडेल परेका छन् । उत्कृष्ट अभिनेता तर्फ दयाहाङ राईले फिल्म ‘कबड्डी कबड्डी’, ‘ड्रिम्स’ फिल्मबाट छायांकनमा पुरुषोत्तम प्रधान र संजय लामा तथा यहि फिल्मबाट नवनिर्देशकको अवार्ड भने भुवन केसीको नाममा गएको छ ।

दिर्घ साधना सम्मानबाट भने तीन लाख धनराशिको पुरस्कार सहित हास्य साम्राज्ञी बसुन्धरा भुषाल सम्मानित हुँदैछिन् । आजै साँझ राष्ट्रपति भवन सितल निवासमा राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट यो पुरस्कार प्रदान गरिने कार्यक्रम तय भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो