जिस्म नायकको बयान, ‘कथामा डुबीसके इम्रान हस्मी देखि खगेन्द्र सम्म बन्न तयार छु’


Filmy Kura, Jul 7, 2016 at 1:52 pm

surendra buda‘बलिउड हिरो इम्रान हस्मी देखि नेपाली नायक खगेन्द्र लामिछाने जस्तै क्यारेक्टरमा डुबेर म सिन दिन तयार छु’ यो भनाई हो नायक सुरेन्द्र बुढाको । उनी नेपाली फिल्मका लागि नयाँ अनुहार हुन् ।

केही म्युजिक भिडियोमा कुशल अभिनय गरिसकेका उनमा हिरो हुने हुटहुटिले आज ‘जिस्म’ को लागि विवादित नायिका अर्चना पनेरु सँग अनस्क्रिन रोमान्स गर्न समेत बाध्य बनायो । यसबारे उनी थप्छन्, ‘अर्चनाको व्यक्तिगत जीवन सँग जोडेर मलाई हेर्नु चाहि गलत हो । फिल्म भित्र जे छ त्यो हाम्रो समाजको रियल स्टोरी हो तर पर्दा बाहिर हामी दुईको केबल हेलो हाई मात्र चल्छ ।’

करिब डेढ महिना सुटिङ अवधिमा सँगै काम गरेका सुरेन्द्र अर्चना सँग नाम जोडिनुलाई सामान्य ठान्छन् । करियरको दौरानमा आज अर्चना सँग अपोजिटमा रहेर अभिनय गरेका सुरेन्द्र भविष्यमा प्रियंका कार्की सँग फिल्ममा काम गर्ने धोको भएको बताउँछन् ।

उसो त यिनले इम्रान सरह खुल्न तयार छु भन्नुको पछाडि चाहि कथाले कस्तो पात्र मागेको छ त्यहि अनुरुप आफू उत्रिन तयारी अवस्थामा छु भनेका हुन् । ‘पशुपति प्रसाद’ फिल्मका कलाकार खगेन्द्र लामिछाने जस्तो चरित्र अभिनेताको कामबाट उनी निकै प्रभावित छन् ।

jisma-filmykura
फिल्मका लागि भने उनलाई निर्देशक राजु गिरीले अफर गरेका हुन् । राजुले गरेको अफर सुरेन्द्रका निमित्त कतिको फलदायी सावित होला त ? असार ३१ पछिका दिनेले नै बताउनेछ ।
अहिले सम्म तीन वटा फिल्ममा अभिनय गरेका सुरेन्द्र ‘जिस्म’ मा स्टुडेन्टको रोलमा छन् । विद्यार्थी जीवनमा आउने उतारचढाव माया प्रेम अनि विछोडको कहानी नै फिल्मले बोल्ने उनको दाबी छ । फिल्म चल्नु र नचल्नु त्यो सेकेण्डरी कुरा भएको बताउदै सुरेन्द्रले मिहेनत पूर्वक काम गरेको पललाई स्मरण गरे ।

जे होस् रंगिन दुनियाँमा भविष्य नियाली रहेका सुरेन्द्र फिल्मबाट भने निकै आशावादी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो