विश्वकै कान्छा निर्देशकले बनाउँदैछन् हैरान, प्रहरीको भूमिकामा सत्यराज


Filmy Kura, Jul 8, 2016 at 1:04 pm

satyaraj-saugatएउटा संयोग नै भन्नुपर्छ नेपाली सिने क्षेत्रमा कम उमेरमै फिल्म निर्देशन गरेर विश्वकै कान्छा निर्देशकका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल बाल निर्देशक सौगात विष्टले अर्को फिल्म ‘हैरान’ निर्देशन गर्दैछन् । यो उनको कुनै सोख नभई प्यासन हो । ९ वर्षीय सौगातले निर्देशन गर्न लागेको यो फिल्ममा नेपाली सांगीतिक क्षेत्रमा स्थापित गायकका रुपमा चिनारी छाडेका सत्यराज आचार्य प्रहरीको भूमिकामा अभिनय गर्दैछन् ।

आज पत्रकार सम्मेलन गरी ‘हैरान’को औपचारिक निर्माण घोषणा गरिएको हो । पत्रकार माझ बोल्दै सौगातले भने, ‘अघिल्लो फिल्म लभ यू बाबा मैले निर्देशन गरे । त्यसमा बटुलेका अनुभवलाई प्रयोग गर्दै यो फिल्म अझ स्तरिय बनाउने कोशिस गर्नेछु ।’ यता फिल्मका एक लिड कलाकार सत्यराजले फिल्मको स्टोरी र आफूले निर्भाह गर्न लागेको क्यारेक्टरकै कारण चूजि भइकन पनि यो फिल्ममा काम गर्न लागेको बताए । यस अघि ‘आचार्य’ र ‘कर्कश’ मा अभिनय गरेका उनी अन्य फिल्म नगरी बसेका थिए ।

फिल्ममा सत्य सँगै निश्मा घिमिरे, सलोन बस्नेत, आचल शर्माको प्रमुख भूमिका रहनेछ । निर्माण टिमले अन्य कलाकार तय हुन बाँकी रहेको बताएको छ । ‘हैरान’ लाई मोहनकृष्ण श्रेष्ठले लगानी गर्नेछन् । भाद्र तेस्रो हप्ताबाट फिल्मको सुटिङ प्रारम्भ गरिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो