गीत रिलिज सँगै सुरेन्द्रको घोषणा, ‘अर्चना मेरो गर्लफ्रेन्ड सन्नी सँग नी तयार छु’


Filmy Kura, Jul 8, 2016 at 6:42 pm

archana-paneru-filmykuraयुवा नायक सुरेन्द्र बुढाले ‘जिस्म’ फिल्मको रोमान्टिक गीत सार्वजनिक भए सँगै सोही फिल्ममा अभिनय गर्ने नायिका अर्चना पनेरु आफ्नो गर्लफ्रेन्ड भएको स्विकार गरेका छन् । तर उनले अर्चना आफ्नो रियल लाइफको गर्लफ्रेन्ड नभई रिल गर्लफ्रेन्ड भएको बताए ।

‘जिस्म फिल्म भित्र उनी मेरो गर्लफ्रेन्डको भूमिकामा छिन् । म फिल्मको दौरानमा यात्रा गरिरहेको छु । अर्चना मात्र हैन बलिउड अभिनेत्री जसलाई पोर्न स्टारका रुपमा पनि चिन्ने गरिन्छ सनी लियोन उहाँ सँग पनि फिल्म खेल्न रेडि छु’ सुरेन्द्रले भने ।

सार्वजनिक ‘डुबी देउ तिमी’ बोलको गीतमा योगेश काजीको संगीत, प्रकट कुमारको शब्द तथा योगेश काजी र रजनी रिदम राईको संयुक्त स्वर समावेश छ । असार ३१ गतेबाट अल नेपाल रिलिज थालनी गर्ने ‘जिस्म’ का लेखक निर्देशक भने राजु गिरी हुन् ।

सुरेन्द्र र अर्चनाको फिल्ममा प्रमुख भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो