एउटै पछुतो सविन भन्छन्, ‘म मात्रै +2 पास’


Filmy Kura, Jul 10, 2016 at 10:57 am

sabin-shrestha-filmykuraकलाकारितको भूतले बीचमै पढाई छोडेर चलचित्र क्षेत्रमा होमिने कलाकारको संख्या ठूलै छ । यही बीचमा नायक सविन श्रेष्ठले पनि पढाईलाई निरन्तरता दिन नसकेकोमा पछुतो मानेका छन् ।

फिल्मीकुरा सँगको विशेष संवादमा जोडिदै उनले भने, ‘मलाई पनि मास्टर डिग्री सकेर आउन मन थियो यो लाइनमा तर के गर्नु नशा यसरी बस्यो कि मैले प्लस टु भन्दा माथि औपचारिक अध्ययन पूरा गर्नै सकिन ।’ सविनले ‘अन्दाज’ फिल्मबाट रजतपट डेब्यू गरेका थिए । यो अवधिमा उनले एक दर्जन माथि फिल्ममा अभिनय गरिसकेका छन् ।

अब आगामी दिनमा समय मिलाएर कलेज पढ्ने विचारमा सविन छन् । उनले दुवै तिर एकै पटक हात हालेको भए सायद न पढाई न फिल्म दुवैतिर सफल हुन सक्दिन थिए कि भन्ने आशय व्यक्त गरेका छन् । यदि उच्च शिक्षा पूरा गरेर आएको भए अहिले जति सफलता मिलेको छ फिल्म क्षेत्रमा त्यो भन्दा माथि मिल्न सक्नेमा उनले प्रशस्त ठाउँ रहेको पनि बताए ।

एक्सन, लभस्टोरी, कमेडी सबै भूमिकामा अभिनय गरिसकेका सविन असार ३१ रिलिज हुन गइरहेको फिल्म ‘नमस्ते नेपाल’मा आफूले निभाएको भूमिका दर्शकलाई मन पर्नेमा ढुक्क देखिए । विदेशी भिलेन सँग एक्सन गरेका छन् उनले यो फिल्ममा । जे होस् धेरै कलाकार पढाईको प्रसंग निकाल्दा भने झस्किने गरेका छन् । धेरै कलाकारले पढाई पूरा गर्न नपाएकोमा पछुतो मान्ने गरेको पाइन्छ ।

उनी अभिनित फिल्म नमस्ते नेपालको ट्रेलर हेर्नुस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो