निर्माता प्रदीप उदय भन्छन्, ‘चलचित्र क्षेत्रको भविष्य उज्वल छ’


Filmy Kura, Jul 10, 2016 at 1:04 pm

pradip udayaनिर्माता तथा वितरक प्रदीप उदयले चलचित्र क्षेत्रको भविष्य उज्वल रहेको बताएका छन् । फिल्म क्षेत्रमा लामो समय बिताएका उदयले यो लाइनमा कार्यरत चलचित्रकर्मीबीच एकता नहुनुले निरुत्साहितपन बढेको तीतो यथार्थ सम्झदै अब टुटेर होइन एक जुट भएर लाग्नु पर्ने धारणा राखेका छन् ।

फिल्मीकुराको विशेष संवादमा जोडिदै उदयले भने, ‘फिल्म क्षेत्रको सुन्दर भविष्यलाई हामीले गुमाउँदै गएका छौ । कलाकारिता पक्ष, प्राविधिक पक्ष यसको व्यावसायिक पक्ष हेर्दा भोलिका दिनमा हामीले राम्रो अवस्था सिर्जना गर्न सक्ने प्रशस्त ठाउँ छन् तर एकत्रित हुनबाट चुकिरहेका छौ ।’

उनले आफू बक्स अफिसको पक्षमा रहेको स्विकार्दै नयाँ भित्रिएको प्रविधि अध्ययन गरेर आएका निर्देशक तथा कलाकार देख्दा भोलिका दिनमा यो क्षेत्र व्यावसायिक दृष्टिकोणबाट पनि सुन्दर रहेको बताए । फिल्म निर्देशनमा समेत हात हाल्ने योजना बनाइरहेका उनी केही समय पश्चात राजनीतिमा सक्रियताका साथ लाग्ने तयारीमा छन् ।

उनी निर्मित पछिल्लो फिल्म ‘नमस्ते नेपाल’ भने असार ३१ गतेदेखि रिलिज हुँदैछ । कमेडी, एक्सन र राष्ट्रियता तीनै कुराको समिश्रण यो फिल्ममा रहेको बताउने उदय फिल्मबाट पूर्ण आशावादी देखिए । राजु शाहको लेखन निर्देशन रहेको फिल्ममा सविन श्रेष्ठ, श्याम श्रेष्ठ, गोपाल ढकाल लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो