आर्यन नम्रता हङकङमा, क्लासिकलाई राम्रो फिडव्याक


Filmy Kura, Jul 12, 2016 at 11:02 am

aaryan-namrataनायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ अभिनित फिल्म ‘क्लासिक’लाई हङकङ निवासी नेपालीले मनपराएका छन् । जुलाई १० तारिखका दिन फिल्मको च्यारिटी शो गरिएको थियो । नेपालका तर्फबाट आर्यन र नम्रता च्यारिटी शोमा सहभागी हुन हङकङ गएका थिए ।

नम्रताले आफ्नो फेसबुकमा खुसी सेयर गर्दै भनेकी छिन्, ‘भव्य च्यारिटीका लागि अर्गनाइजरका तर्फबाट खुसी गुरुङ र सन्तोष गुरुङलाई धन्यवाद । साथै तपाई दर्शक जो हामी सँगै बसेर फिल्म हेरिदिनुभयो ।’ उनले फिल्मलाई राम्रो फिडव्याक मिलेको समेत लेखेकी छिन् ।

पर्दामा आर्यन नम्रता जोडीलाई दर्शकले निकै रुचाएको पाइन्छ । ‘क्लासिक’ मा यी दुवै दृष्टिविहीनको भूमिकामा रहेका छन् । स्मरण रहोस् सुवास गिरी निर्मित फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो