आवाजबाट निक्लने बिजुली कस्तो होला ? (भिडियो)


Filmy Kura, Jul 12, 2016 at 12:00 pm

buddhi tamangके आवाजबाट बिजुली निकाल्न सम्भव छ ? सम्भावनाकै कुरा गरिरहदा हाम्रो देशका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सपना देख्न सिकाइरहेका छन् । यही सन्दर्भमा दुई युवा विद्यार्थीले आवाजबाट बिजुली निकाल्ने प्रयास गरेका छन् तर वास्तविक जीवनमा नभई फिल्मको पर्दामा हो ।

हो नितान्त फरक विषयमा तयार पारिएको फिल्मको यतिबेला सार्वजनिक टिजर निकै चर्चामा छ । आवाजबाट बिजुली निकाल्ने मसिनको निर्माणमा तल्लिन युवाको कथा पेश गर्ने फिल्म ‘बिजुली मेसिन’ आगामी भदौ ३१ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । यो फिल्मलाई नविन अवालले निर्देशन गरेका हुन् । जसमा सञ्जय न्यौपाने, दिपेन बस्नेत, रिसभ आचार्य र सन्तोष लामिछानेको संयुक्त लगानी रहेको छ ।

यो फिल्ममा महानायक राजेश हमाल विशेष भूमिकामा देखिएका छन् । बुद्धि तामाङ, अभिषेक सुवेदी, जीवन अधिकारी, एलिजा श्रेष्ठ, लक्ष्मी भूषाल लगायतका अन्य कलाकारको भूमिका फिल्ममा रहेको छ ।

यस्तो बनेको छ टिजर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो