श्रावणमा बाहिरिदै मेरो देश


Filmy Kura, Jul 15, 2016 at 1:53 pm

nishaदक्ष युवा जनशसक्ती दिनप्रतिदिन विदेसिदैछन । नेपालमा रोजगारको व्यवस्था हुन नसक्दा दैनिक हजारौको संख्यामा युवाहरु विदेश पलाएन भएको तितो यथार्थ समेटिएको सामाजिक कथा बस्तुमा आधारित चलचित्र ‘मेरो देश’ श्रावणको दोश्रो सातादेखि नेपाल बाहिरबाट रिलिज हुने भएको छ ।

नेपालमा भने यो चलचित्र तिहारको मौका छोपेर कार्तिक ६ गते प्रदर्शनमा आउने चलचित्रकी निर्माता पार्वती मैनालीले बताएकी छन । मैनालीका अनुसार चलचित्र ‘मेरो देश’ मा नेपालको बर्तमान राजनीतिक अवस्था, युवा बेरोजगारसंगै विदेशी भूमीमा युवाहरुले भोग्नु परेको पीडा कष्टका साथै समाजमा भैरहेका विसंगतीमा आधारित कथाबस्तु समावेश गरिएको छ । ब्रोसिस डिजिटल इन्टरटेनमेन्टको प्रा लि को ब्यानरमा निर्मान गरिएको चलचित्र ‘मेरो देश’ लाई देब नेपालले निर्देशन गरेका छन ।

चलचित्रको कार्यकारी निर्माताको रुपमा उदय सापकोटा रहेका छन । त्यसैगरी निर्मातामा पार्वती मैनाली र प्रभाकर सापकोटाले संयुक्त लगानी गरेका छन । यस चलचित्रमा नीर शाह, निशा अधिकारी, प्रजोल गिरि, आयुश रिजाल, धुर्ब कोइराला लगायतको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो