उपप्रधानमन्त्रीले भने, ‘ड्राइभर दाई ट्रेलर मन पर्यो ’


Filmy Kura, Jul 17, 2016 at 12:48 pm

sipi mainaliउपप्रधान तथा महिला बालबालिका मन्त्री सिपी मैनालीले नेपाली कथानक चलचित्र ‘ड्राइभर दाई’ को ट्रेलर मन परेको बताएका छन् । राजनीतिक व्यस्तता नहुँदा अन्य विभिन्न कार्यक्रममा सरिक भएपनि फिल्मको कार्यक्रममा एकदम कम देखिने मन्त्री आज भने फिल्मको कार्यक्रममा झुल्किए ।

प्रमुख अतिथिका रुपमा उपस्थिति जनाएका उपप्रधान मन्त्री सिपीले कनिकुथी १५ मिनेट मन्तव्यमा खर्चिए । फिल्मको ट्रेलर र एक गीत हेरेपछि उनले भने, ‘मलाई ट्रेलर मन पर्यो । ड्राइभर पनि हाम्रै समुदायको सदस्य भएकाले यो फिल्मले ड्राइभरका विभिन्न विचार समस्या र उनीहरुको जीवनमा आउने अतारचढाव प्रस्तुत गरेको होला भन्ने लाग्छ ।’ उनले नेपाली फिल्मको सुरुवात ढिलो गरी भएपनि यसले सम्भावना प्रशस्त खडा गरेको बताए । ‘हामी अब यस्तो व्यावसायिक फिल्म निर्माण गरौ कि विदेशी फिल्म प्रति नेपाली दर्शक हतोत्साही होउन’ उनले भने ।

group driver dai

फिल्म निर्माण यूनिटले पत्रकारमाझ पहिलो भेट गरी प्रचार सामाग्रीका रुपमा हाललाई ट्रेलर र एक गीत आउट गरेको हो । सिने क्षेत्रमा फाइटर हुँदै फिल्म निर्माण गरेका वि.एस. बलामी यो फिल्मका निर्देशक हुन् । करिब दुई दशक यो क्षेत्रमा बिताएका उनले आधा दर्जन जस्तो फिल्म निर्देशन गरेका छन् ।

पत्रकारमाझ बोल्दै उनले भने, ‘टाइटलबाट नै स्पष्ट हुन्छ कि यो फिल्म ड्राइभरको जनजीवन सँग जोडिएको छ । माया प्रेम एक्सन सबै कुरा हामीले मिसाएको छौ । अहिलेलाई यति बोल्छु बाँकी सिनेमा हेरेपछि तपाई आफैले मूल्याङ्कन गर्नु हुनेछ ।’ फिल्म प्रति निकै आशावादी रहेका बलामीले अर्को फिल्मको पनि सँगै घोषणा गरे । अब उनले ‘नेपालीको शान’ नामक फिल्म निर्देशन गर्नेछन् ।

यता फिल्मका कलाकार किशोर खतिवडाले भने ड्राइभरको भूमिका निर्वाह गरेको बताए । उनले फिल्म मनोरन्जनात्मक बनेको भनाइ राखे । फिल्ममा किशोर सँगै सिमा केसी, प्रज्वल गिरी, दिनेश शर्मा, ध्रुव कोइराला, घनश्याम गिरी लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मका लगानीकर्ता भने राजेन्द्र गौतम र ज्ञानु महर्जन हुन् ।

सार्वजनिक हालको गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । फिल्म आगामी भदौ ३१ गतेबाट देशभर प्रदर्शन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो