संजोगमा भरपूर एक्सन सहित नारी सशक्तिको कुरा


Filmy Kura, Jul 18, 2016 at 5:53 pm

sabin-prajwol-susmaअचेल एक्सनलाई पहिलो प्राथमिकतामा राख्दै फिल्म निर्माण हुने क्रम जारी छ । त्यसो त नेपाली फिल्म एक्सन बेगरका निकै कम बनेका छन् । यही क्रममा निर्माण सम्पन्न भएर रिलिज पाइपलाइनमा रहेको फिल्म ‘संजोग’मा पनि भरपूर एक्सन रहेको निर्माण पक्षले जनाएको छ ।

साउथ प्याट्रनको एक्सन शैली अपनाइएको फिल्ममा लभ रोमान्स सहित नारी सशक्तिको कुरा उठाइएको छ । सामाजिक विकृति विरुद्ध महिलाले पनि आफ्नो तर्फबाट समाजलाई सकारात्मक दिशामा डो¥याउन सक्छन् भन्ने मुख्य कथासार ‘संजोग’ नारी प्रधान चलचित्र हो ।
दधिराम उप्रेती प्रस्तुत यो फिल्म साउन १४ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । बेद प्रसाद भूर्तेल फिल्मका लेखक तथा निर्देशक हुन् । चिफ एसिस्टेन्स् डिरेक्टरका रुपमा नवराज शर्माले काम गरेको ‘संजोग’मा एक्सन हिरोका रुपमा रुचाइएका सविन श्रेष्ठ, नायिका सुष्मा कार्की, प्रज्वल गिरी, पुष्कर भट्ट लगायतका कलाकारले अभिनय गरेका छन् । सविन र प्रज्वल एक्सन अवतारका रुपमा प्रस्तुत भएको फिल्ममा अहिलेका हिट अनि व्यस्त चन्द्र पन्तले द्धन्द्ध निर्देशन गरेका छन् ।

उमेश उप्रेती र रोशन उप्रेतीको संयुक्त लगानीमा तयार भएको ‘संजोग’ मा कुमार विवाहित र उज्वल थेवेको संगीत, गोविन्द राईको कोरियोग्राफी, हरि नारायण चौधरीको छायांकन रहेको छ । झापा, इलाम तथा काठमाडौमा सुटिङ गरिएको यो फिल्ममा पब्लिसिटी सहित करिब ७५ लाखको खर्च भइसकेको छ ।

निर्माण यूनिटले फिल्मका मुख्य कलाकारलाई चाडै नै प्रचार प्रसारमा दौडाउने तयारी समेत गरेको छ । हेरौ, एक्सन ओरिएन्टेड यो फिल्मलाई दर्शकले कतिको मन पराउलान् अबको दुई साता कुर्नुको विकल्प छैन ।

हेर्नुस् एक्सन, लभ र रोमान्सले भरिएको फिल्म संजोगको ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो