वान टेकमा दुई फिल्म खिचेर विश्व रेकर्डको तयारी


Filmy Kura, Jul 18, 2016 at 6:25 pm

नेपाली फिल्ममा केही नौलो काम गर्दै विश्व रेकर्ड कायम गर्ने दौड सुरु भएको छ । गएको वर्ष ७ वर्षको उमेरमा फिल्म निर्देशन गर्दै आफूलाई विश्वकै कान्छा फिल्म निर्देशकका रुपमा गिनिज बुकमा नाम लेखाई एकाएक चर्चामा आएका सौगात विष्ट प्रत्यक्ष देखिने एक पात्र मात्र हुन् । त्यसो त यो लाइनमा के गरी हुन्छ कसो गरी हुन्छ सधै चर्चा कै लागि नयाँ नयाँ कामको थालनी हुनु आफैमा राम्रो कदम पनि हो ।

araj keshab-mohit munal

तस्बिरमा निर्देशक अराज केशव र संगीतकार तथा निर्माता मोहित मुनाल

यहीबीच चार घण्टामा दुई फिल्म एकै पटक खिचेर विश्व रेकर्ड कायम गर्ने योजनामा दुई चलचित्रकर्मी लागि परेका छन् । यो आफैमा चुनौती पूर्ण त छदैनी छ त्यसमाथि नेपाली फिल्मका लागि विल्कुल नयाँ प्रयोग पनि । यि जोशिला दुई युवा हुन् संगीतकर्मबाट बढी चिनिने अराज केशव र मोहित मुनाल । यस अघि दर्जनौ फिल्ममा एसिस्टेन्स डिरेक्टरका रुपमा काम गरिसकेका छन् अराज केशवले ‘बिर्खेलाई चिन्छस्’ फिल्म निर्देशन गरेका छन् । मोहित मुनालले पनि थुप्रै फिल्ममा म्यूजिक तथा ब्याकराउण्ड स्कोररका रुपमा काम गरेका छन् ।

आज पत्रकारमाझ ७ वर्ष अघि देखिको गुरुयोजना सार्वजनिक गर्दै अराज केशवले भने, ‘मैले विश्व रेकर्डका लागि वान टेकमा दुई फिल्म निर्देशन गर्दैछु जालो र जालो रिटन्र्स । ७ वर्ष अघिको मेरो सपना विभिन्न रिसर्च गर्दै भरपूर तयारी पश्चात बल्ल साकार हुँदैछ तर त्यसका लागि तपाई चलचित्रकर्मी र पत्रकारको साथ निकै अपरिहार्य छ ।’

उनले क्यामेरा अन भएदेखि सबै सुटिङ वान टेकमा सकाउने बताए । मोहित मुनालले भने उनलाई लगानीमा सघाएका छन् । दुवै जनाको संयुक्त लगानीमा तयार हुने यि दुई फिल्मका लागि हाल सम्म अनुप विक्रम शाही, आशिफ शाह, भानु प्रताप, मेनुका प्रधान, वर्षा शिवाकोटी, प्रकाश श्रेष्ठ, मुक्ताराम आचार्य, भिष्म जोशी नाम गरेका कलाकार फाइनल भएका छन् । अन्य कलाकार छिट्टै छनोट गरिने निर्माण यूनिटले बताएको छ ।

लभ, कमेडी, थ्रिल, सस्पेन्स सबै कुरा समिश्रित रहने बताईको फिल्मको सुटिङ भने असोज लागे सँगै गरिनेछ । त्यसो त फिल्म यहि वर्ष रिलिज गराउने तयारी पनि निर्माण यूनिटको छ । फिल्ममा मोहित मुनाल र हरि लम्सालको संयुक्त संगीत रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो