फिल्म लगानीमा मल्टिनेशनल कम्पनीको आकर्षण


Filmy Kura, Jul 19, 2016 at 5:35 pm

rajkumar-raiचलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले पछिल्लो समय फिल्म लगानीमा मल्टिनेशनल कम्पनीको आकर्षण रहेको बताएका छन् । उनले राम्रो फिल्म मेकिङ गरी सन्तुलित बजार सम्म पु¥याउनु आजको आवश्यकता रहेको औंल्याए ।

बोर्ड अध्यक्ष राईले विगतलाई स्मरण गर्दै भने, ‘टाक्रेटुक्रे निर्माता जोडिदै सिने क्षेत्र यहाँ सम्म आइपुगेको हो बिस्तारै मल्टिनेशनल कम्पनी फिल्ममा लगानी गर्न आकर्षित भएका छन् । यो हाम्रो लागि खुसीको कुरा हो ।’ उनले हाल भित्रिएका निर्देशक तथा कलाकारमा नयाँ कन्सेप्ट भएको बताए । तथापी कन्सेप्ट भएर मात्र केही नहुने उनको धारणा छ । यसका लागि टिम वर्क हुनु अत्यन्त जरुरी रहेको बताउदै बोर्ड अध्यक्ष राईले पब्लिसिटी स्टन्ट पनि आजको आवश्यकता भएको दाबी गरे ।

फिल्म बन्ने क्रम केही हद सम्म स्तरिय होस् भनेरै विकास बोर्ड अध्यक्षमा नियुक्ति भए सँगै नयाँ मापदण्ड ल्याएको बताउने राजकुमारले फिल्म क्षेत्रमा लगानी गर्न प्राइभेट सेक्टरको आकर्षण बढ्नु आफैमा एउटा सकारात्मक कदम भएको भनाई राखेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो