राईझुमा शैलिमा छचल्कियो दीपक प्रियंका प्रेम


Filmy Kura, Jul 19, 2016 at 6:13 pm

dipak-priyankaसुन्दा निकै आनन्द आउने देउडा लयमा आधारित ‘छक्का पन्जा’ को गीतमा कलाकार दीपकराज गिरी र प्रियंका कार्कीको प्रेम राईझुमा शैलिमा छचल्किएको छ । आज सामाजिक सञ्जाल युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा दीपक प्रियंका देखि जीतु नेपाल, शिवहरि पौड्याल, वर्षा राउत, बुद्धि तामाङ फिचरिङ छन् ।

शान्तिप्रियले लेखेको शब्द अनुसार संगीतको सुरु भर्ने काम भने दीपक शर्माले गरेका हुन् । जम्बो हास्यकलाकारको टोलीलाई गीतको परिवेश अनुसार चलायमान गराउने काम कोरियोग्राफर कविराज गहतराजले गरेका छन् । भाद्र २४ रिलिज फिल्मलाई हास्य अभिनेत्री दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दीपा स्वयमले यो गीत गाएकी हुन् भने पुरुष स्वरमा कृष्ण काफ्ले गुन्जिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो