ब्रासलेट ट्रेलरमा छैन रमेशको डायलग, फर्किएला त पहिलेको क्रेज ?


Filmy Kura, Jul 20, 2016 at 11:21 am

ramesh upreti

उस्तै जिउडाल उस्तै युवा जोश अनि इनर्जि । केही समय पहिले नेपाली फिल्म क्षेत्रमा राम्रै प्रकारको राज गरेका नायक रमेश उप्रेती सात वर्ष पछि पर्दामा देखिएका छन् । उनी अभिनित फिल्म ‘ब्रासलेट’को अफिसियल ट्रेलर रिलिज गरिएको छ ।

ट्रेलरमा दुई गीतको अंश प्रेम र एक्सनलाई विशेष जोड दिइएको छ तर सात वर्ष पछि पर्दामा फर्किएका हिरो रमेशको डायलग भने कुनै समावेश गरिएको छैन । लभ रोमान्स र एक्सन सबै कुरा अटाइएको यो फिल्म भाद्र १७ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । रमेशलाई अझ मच्युअर्ड देखिएको छ भन्दा फरक पर्दैन । उनको अभिनय यदि दर्शकले रुचाउने हो भने पहिलेको क्रेज नफर्किएला भन्न सकिन्न । सार्वजनिक ट्रेलर हेर्दा त्यो सम्भावना प्रशस्त देखिन्छ ।

त्यसो त रमेश मात्र होइन यो फिल्ममा ब्लकबस्टर हिट फिल्म ‘परदेशी’को नायिका रजनी केसीले पनि अभिनय गरेकी छिन् । लिड रोलमा यी दुई देखिएका छन् । निरन्तर नेपाली फिल्मलाई आफ्नो कर्म सम्झेर अभिनय तथा निर्माणमा सक्रिय रहिरहेका केशव भट्टराई निर्मित यो फिल्मलाई निर्मल शर्माले निर्देशन गरेका हुन् ।

हेर्नुस् कुनै समयका हिट नायक रमेश उप्रेती अभिनित ब्रासलेट ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो