किशोरमय हुँदैछ भाद्र, सबै चल्नेमा ढुक्क


Filmy Kura, Jul 20, 2016 at 12:18 pm

kishor-khatiwodaभाद्र महिना हिन्दु नारीको महान चाड । यो महिना किशोरमय हुँदैछ । कारण नायक किशोर खतिवडाले अभिनय गरेका फिल्म हप्ता दिन बिराएर लगातार रिलिज हुँदैछन् ।

उनको सुरुवात महानायक राजेश हमाल पहिलो पटक पर्दामा नारी बनेर अभिनय गरेको फिल्म ‘सकुन्तला’बाट हुँदैछ । किनकि यो फिल्मको हिरो हुन् किशोर । भाद्र १० रिलिज हुने फिल्ममा नायिका अनु शाहलाई पनि दर्शकले हेर्न पाउनेछन् ।

त्यसो त त्यसको एक हप्ता पछि अर्थात भाद्र १७ मा फेरि उनै किशोर मुख्य भूमिकामा रहेको फिल्म ‘वृन्दावन’ देशव्यापी प्रदर्शन हुँदैछ । यो फिल्ममा उनी एक्सन अवतारमा देखिएका छन् । यो फिल्म रिलिज भएको एक हप्ता रेस्ट लिए सँगै भाद्र ३१ गते उनी ड्राइभरको रुप धारण गरी हल हलमा छाउनेछन् । ‘ड्राइभर दाई’ नामक फिल्म सहित भाद्र महिना मात्र लगातार तीन वटा फिल्ममा किशोर एकपछि अर्को गरी दर्शकमाझ लगातार आउने भएका हुन् ।

उनले गफिदै फिल्मीकुरा सँग भने, ‘सुरुवाती फिल्म वा भनौ सकुन्ताला फरक स्वादको हो यो चलिहाल्छ । त्यसपछि वृन्दावन एक्सन प्रेमीका लागि अचुक बनेको छ । ड्राइभर दाई फिल्म मध्यम परिवारका हरकोही हेर्न आउने खालको छ । त्यसमाथि सवारी चालक मात्र हल आए भने मालामाल ।’ सबै फिल्म चल्नेमा ढुक्क देखिएका किशोरलाई भाद्रमा के साच्चै लक लाग्ला त ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो