जय पर्शुराम ट्रेलर रिलिज, विराजको धमाकेदार एक्सन


Filmy Kura, Jul 21, 2016 at 11:21 am

jay parsuram filmनिकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको ‘जय पर्शुराम’ को ट्रेलर र एक गीत बुधबार सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा नायक विराज भट्टको धमाकेदार एक्सन देख्न सकिन्छ ।

साउन २८ रिलिज फिल्मलाई निर्माता तथा कलाकार समेत रहेका रोज राणाले निर्देशन गरेका हुन् । करिब पाँच वर्ष नेपाली फिल्मबाट हराएका विराजलाई रोजले यहि फिल्म मार्फत फर्काएका छन् ।

फिल्ममा विराज सँगै रविन तामाङ, निशा अधिकारीको मुख्य भूमिका रहेको छ । निशाले यो फिल्ममा पर्दामा देखिनेको मात्र नभई पर्दा पछाडि काम गर्ने स्पट व्याई सम्मको मिहेनत रहेको भन्दै सबैलाई फिल्म हेरेर मूल्याङ्कन गरिदिन आग्रह गरिन् । यता विराज भट्टले फिल्म एक्सन प्रेमी दर्शकका निमित्त मसेलदार बनेर आएको भनाइ राखे । निर्देशक रोजराणा पनि फिल्मबाट आशावादी छन् । जीवनकालमा उत्कृष्ट फिल्म निर्माण गरेका रोज पनि पाँच वर्ष पछि सिने क्षेत्रमा फर्किएका हुन् ।

एन वि महर्जनको द्धन्द्ध रहेको फिल्मको ट्रेलरले दर्शकमाझ अझ फिल्म प्रति चासो बढाएको छ ।

हेर्नुस् ट्रेलर तपाईलाई पनि मन पर्नेछ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो